अर्थ मुख्य समाचार स्थानीय

बजेट तथा नीति पुस्तिका, त्रैमासिक बुलेटिन पत्रिका सार्वजनिक गर्दै दमक नपाको वार्षिक कार्य प्रगति समीक्षा गोष्ठी सम्पन्न

दमक/ शिक्षा दिवसको अवसर पारेर दमक नगरपालिकाले चालु आर्थिक वर्ष २०८१/०८२ को बजेट नीति सार्वजनिकीकरण कार्यक्रम आयोजना गरेको छ । सोही कार्यक्रमबाट आ.व. २०८०÷०८१ को वार्षिक समिक्षा गोष्ठी कार्यक्रमसहित उत्कृष्ट शिक्षक तथा विद्यार्थीलाई सम्मान समेत गरिएको छ ।
दमक नगरपालिकाको सभाहलमा आयोजित सो कार्यक्रमको अध्यक्षता नगरप्रमुख राम कुमार थापाले गरेका थिए । माननीय प्रदेशसभा सदस्य होमबहादुर थापा, उपप्रमुख रेगिना भट्टराई प्रसाई, प्रमुख प्रशासकीय अधिकृत गणेशराज कार्की, वडाअध्यक्ष तथा जनप्रतिनिधिहरु, विद्यालय व्यवस्थापनका अध्यक्ष, नगरपालिकाका सबै शाखाका प्रमुखहरु, शिक्षक संघसंगठनसहित विभिन्न राजनीतिक दल, विभिन्न सरकारी तथा गैरसरकारी निकाय, विद्यार्थी, दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाई, दमक खानेपानी तथा सरसफाई समितिका अध्यक्ष रवि न्यौपाने, सुरक्षा निकायका प्रमुखहरु, विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, सञ्चारकर्मीहरुको आतिथ्यता रहेको सो कार्यक्रम राजश्व शाखा प्रमुख भरत गौतमले सञ्चालन गरेका थिए ।
कार्यक्रममा पहिलो त्रैमासिक बुलेटिन पत्रिका सार्वजनिक कार्यक्रम समेत गरिएको थियो । कार्यक्रममा स्वागत मन्तव्य राख्दै उपप्रमुख भट्टराई प्रसाईले स्थानीय सरकार सञ्चालन ऐनको क्षेत्राधिकारभित्र बसेर स्थानीय सरकारको प्रतिनिधि भएर आएपछि दमक नगरपालिकालाई दमक नगर समृद्धि बनाउनका लागि विकास र समृद्धिसँग जोड्ने अभियानमा निर्न्तर काम गरेको बताईन । उनले दिर्घकालिन उपलब्धीका लागि शिक्षा र स्वास्थ्यमा लगानी गर्नुपर्छ भनेर महत्वका साथ कार्यक्रमहरु अगाडि सारिएको उनले बताईन । खानेपानी संस्था अलग संस्था भए पनि जनतालाई खानेपानीको दुःखबाट मुक्तिका लागि वडा नं. ३ र वडा नं. १०मा खानेपानीका लागि दमक नगरपालिका निकै ठुलो लगानी गरेको सन्दर्भ पनि कोट्याईन । शिक्षा, स्वास्थ्य, बालबालिका, मानवीय विकास र मानविय संशाधनमा जोड दिँदै सामाजिक अभियानका, विकास र समृद्धिका क्षेत्रमा धेरै काम गरेको फेहरिस्ता पस्कँदै उपप्रमुख भट्टराईले सबैलाई स्वागत गरेकी थिइन ।
कार्यक्रममा आर्थिक वर्ष २०८१÷०८२ को नीति तथा कार्यक्रमको पुस्तिका नगरप्रमुख, उपप्रमुख, कार्यकारी प्रमुखले सार्वजनिक गरेका थिए ।
नगरपालिकाले २०८०÷०८१ मा के कति लक्ष्य हासिल गर्न सक्यो, के कस्ता कार्यक्रम सम्पन्न भए र बाँकी के कार्यक्रम रहेका छन भन्ने समिक्षात्मक गोष्ठीको समेत आयोजना गरेको थियो । नगरपालिकाका सबै शाखा तथा वडासहित झण्डै ३ दर्जन प्रस्तुति प्रोजेक्टरमार्फत प्रस्त्ुत गरिएका थिए । यज्ञराज निरौला प्रशासन शाखा, देबी प्र.कोइराला लेखा शाखा, भरत गौतम राजश्व शाखा, भिम प्रसाद पौडेल घर नक्सा शाखा, माधव प्रसाद बस्नेत कानून शाखा, प्रविण खड्का शिक्षा शाखा, अनन्त प्रसाद सेनेहाङ्ग पूर्वाधार विकास शाखा, ई. समीप चुडाल सूचना प्रविधि अधिकृत, वडाअध्यक्षहरु लगायत सबैले आआफ्नो क्षेत्रमा भए गरेका प्रगति विवरण, चुनौति र सम्भावनाका विषयमा प्रकाश पारेका थिए । सोही कार्यक्रमबाट उत्कृष्ट विद्यार्थी सिद्धार्थ बोर्डिङ स्कुलका कुसिका बस्नेत, सक्षमराज बराल र बुनु लक्ष्मी नेपाल, यमन भट्टराई हिमालय माध्यमिक विद्यालय, आशिका भट्टराई पाणिनी माध्यमिक विद्यालय, कल्पना बाँस्तोला सरस्वती माध्यमिक विद्यालयलाई सम्मान गरिएको थियो । यसैगरी उत्कृष्ट शिक्षकहरु नरबहादुर थापा, टिकाराम भण्डारी, निलमणी बडुवाल, ड्रम्बरुबल्लभ न्यौपाने, शम्भुप्रसाद मिश्र, पुष्पलता पौडेल समेतलाई सम्मान गरिएको थियो । साथै कार्यक्रममा विषयगत शाखाको प्रगति तथा समिक्षा प्रस्तुतिमा उत्कृष्ट हुनेहरुलाई समेत सम्मान गरिएको थियो ।

Author

You may also like