अन्तर्राष्ट्रिय मुख्य

अफगानिस्तानमा वर्षा र असिनाका कारण ३५ जनाको मृत्यु,२३० घाइते

काबुल(अफगानिस्तान)। अफगानिस्तानको जलालाबाद सहर र नङ्गरहार प्रान्तको छेउछाउका क्षेत्रमा परेको भारी वर्षा र असिनाको कारण कम्तीमा ३५  जनाको ज्यान जानुका साथै २३० जना घाइते भएको खामा प्रेसले जनाएको छ ।

नङ्गरहारको सूचना तथा संस्कृति विभागले  घटनामा नङ्गरहारका विभिन्न जिल्लामा मानिसहरूको ज्यान गएको पुष्टि गरेको छ ।

विभागको रिपोर्ट अनुसार मृतक तथा घाइतेलाई  उद्धार गरी नङ्गरहार केन्द्रीय  तथा  प्रान्तीय अस्पतालमा लगिएको छ ।

प्रारम्भिक रिपोर्टहरूले लगभग ४०० घरहरू ध्वस्त भएको सङ्केत गरेका छन्, जसले बासिन्दा र व्यवसायलाई आर्थिक क्षति पुर्‍याएको छ । यद्यपि, स्थानीय अधिकारीहरूले तथ्याङ्क अझ बढ्न सक्ने बताएको  खामा प्रेसले जनाएको छ ।

प्राकृतिक प्रकोप पछि, प्रभावित समुदायमा तत्काल प्रभाव कम गरी उनीहरूको पुनःस्थापनाका लागि आवश्यक सहयोग प्रदान गर्ने कार्यहरू भइरहेको स्रोतले जनाएको छ । 

तीव्र वर्षा र असिनाबाट भएको विनाशले प्रभावित मानिसको पीडा कम गर्न तथा क्षतिग्रस्त पूर्वाधार पुनःस्थापना गर्न ठोस राहत उपायहरूको आवश्यकतालाई औँल्याएको छ ।  

खामा प्रेसका अनुसार प्रभावित परिवार तथा समुदायको समर्थनमा जोड दिँदै अधिकारीहरूले उद्धार र पुन : प्राप्ति प्रयास जारी राखेका छन् भने  आवश्यक सहयोग प्राप्त गर्न सुनिश्चित गर्नमा ध्यान केन्द्रित गरिरहेका छन् । रासस 

Author

You may also like