दमक।११ मंसिर
नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी) को दमक सेवा केन्द्रको ३१ औं वार्षिक साधारणसभा दमक ८ मा सम्पन्न भएको छ ।
इकागत साधारण सभा गर्ने क्रममा दमक वडानम्बर ६ का वडाध्यक्ष टेकबहादुर थापाको प्रमुख आतिथ्यतामा सभा सम्पन्न भयो ।
सभामा बोल्दै वडाध्यक्ष थापाले एनएमसी बित्तीय अनुशासनमा चलेको संस्था पाइएको उल्लेख गर्दै संस्थाका लागि केही सुझाव समेत दिएका छन् । संस्थाले सरसफाइको क्षेत्रमा फोहोरमैला वर्गिकरण सहित ब्यवस्थापन र प्रत्येक सदस्यले दुई वटाका दरले बृक्षारोपणको कार्यक्रम ल्याउन सुझाव दिए ।
दमक सेवाकेन्द्रगत उप समिति संयोजक पुष्पा भण्डारीको अध्यक्षताको कार्यक्रममा दमक ५ की सदस्य शोभा मालबाँसे, एनएमसीका संस्थापक अध्यक्ष रामचन्द्र उप्रेती, लेखा सुपरिवेक्षण समिति सदस्य एकेन्द्र उप्रेती, कानुन तथा अनुपालन विभाग प्रमुख तेजकुमारी घिमिरे, कन्काई रतुवा (ख) क्षेत्र क्षेत्रीय उपसमिति सह संयोजक प्रेम भट्टराई सहितको आतिथ्यता रहको थियो ।
कार्यक्रममा, संस्थाको मुनाफामध्ये शेयर लाभांश कोषमा जम्मा हुन आएको रकम ९ करोड ४० लाख ४५ हजार ४ रुपैयाँ र संरक्षित पूँजी फिर्ता कोषमा आएको ४ करोड ५० लाख ८३ हजार ८९४ रुपैयाँ नियमानुसार सदस्यहरुमाझ वितरण गरिने प्रतिवेदनमा जनाइएको छ । त्यस्तै सहकारीले आ.व. २०७९/०८० मा १३ अर्व २ करोड, ८ लाख १६ हजार ४४१ वासलत रहेको प्रतिवेदनमा उल्लेख छ ।
कनकाई, रतुवाक्षेत्र (ख) अन्तर्गतका केर्खा, पाडाजुँगी, डँुडामारी, गौरादह बैगुनधुरा, ग्वालडुब्बा, गौरीगञ्ज र दमक, फाल्गुनन्द र इलामको चुलाचुली गरी दश वटा सेवाकेन्द्रमा एकसाथ उप इकाईगत साधारणसभा सम्पन्न भएको हो ।