बसोबासको इतिहास खोतल्दै ‘झोडा’
दमक, २९ भदौ
-चुलाचुली रंगमञ्च इलामले जंगल अवस्थामा रहेको क्षेत्रमा कसरी बसोवास अघि बढ्यो भन्ने इतिहासलाई खोतल्दै ‘झोडा’ नामक नाटकको बिहीबार दमकमा पोस्टर सार्वजनिक गरेको छ ।
बुबाको मुख हेर्ने दिनका अवसरमा पोष्टर सार्वजनिक गर्दै वसोबासका लागि झोडा फाँडेर आवादयोग्य बनाउने दिवंगत समेत भएका बुबाहरुको स्मरणमा पोष्टर सार्वजनिक गरिएको हो । कार्यक्रममा साहित्यकार, नाटककार एवं पत्रकार भूपेन्द्रराज तिम्सिना, नाटककार विक्रम फागो वनेम, साहित्यकार राजकुमार सुब्बा अनिश्चित र किरात याक्थुङ चुम्लुुङ दमक नगर अध्यक्ष देवेन्द्र चेम्जोङले संयुक्तरुपमा पोष्टर सार्वजनिक गरेका हुन् ।

कार्यक्रममा बोल्दै तिम्सिना र वनेमले आवाद गर्दाको त्यो अवस्थामा भोगेका कठिनाई सहित बसोवासको इतिहास खोतल्ने नाटकको सफलताको शुभकामना दिएका छन् । उनीहरुले आफ्नो ठाउँबाट यसखाले नाटकका लागि सहयोग पुर्याउने वताए ।
साहित्यकार गणेश रसिकको उपन्यास आकाशगंगाको ओतमुनिमा आधारित रहेर चेतन डरको परिकल्पना÷निर्देशनमा सो नाटक असोज २६ देखि ३० सम्म दमकको किरात भवनमा प्रदर्शनको तयारी रहेको पोष्टर सार्वजनिक कार्यक्रममा जानकारी गराइएको छ ।
सुरस सम्पाहाङ राईको निर्माण र सुमन लिङदेनको नाट्य रुपान्तरणा सो नाटकको हाल रिहर्सल चलिरहेको छ ।
-कदमको ‘जयमाया आफू मात्रै लिखापानी आईपुगी’-


यसैगरी, कदम थिएटर दमकले साहित्यकार इन्द्रबहादुर राईले लेखेको कथामा आधारित ‘जयमाया आफू मात्रै लिखापानी आईपुगी’ नामक नाटक तयार गरेको छ ।
दमकमा नाट्य क्षेत्रको विस्तारमा लागिपरेको कदमले सो नाटक आगामी असोज १२ गते देखि २१ गतेसम्म मञ्चन गर्ने भएको छ । जीवन वरालको निर्देशनमा सो नाटकको हाल रिहर्सलको काम भइरहेको छ । प्रवासीको कथालाई सो नाटकले समेटेको छ ।

Author

You may also like