दमक÷ भारतको राजधानी नयाँदिल्लीमा शनिबार जी–२० समूहको शिखर सम्मेलन सुरु भएको छ ।
सम्मेलनको पहिलो दिन २० देशका प्रमुखहरू एक ठाउँमा बसेर विश्वको बारेमा छलफल गर्नेछन् । जी–२० मा १९ देश र एउटा युरोपीयन संघ आबद्ध छन् ।
जी–२० सम्मेलनमा भाग लिन अमेरिकी राष्ट्रपति जो बाइडेन, बेलायती प्रधानमन्त्री ऋषि सुनक, अर्जेन्टिनाका राष्ट्रपतिसहित अन्य १७ देशका प्रमुखहरू कार्यक्रममा रहेका छन् ।
जी–२० सम्मेलन ९ र १० सेप्टेम्बर गरी २ दिनसम्म सञ्चालन हुनेछ ।
अस्ट्रेलिया, अर्जेन्टिना, ब्राजिल, क्यानडा, चीन, फ्रान्स, जर्मनी, भारत, इन्डोनेसिया, इटली, जपान, मेक्सिको, रुस, साउदी अरब, दक्षिण अफ्रिका, दक्षिण कोरिया, टर्की, युनाइटेड किंगडम, संयुक्त राज्य अमेरिका रहेका छन् । सो अवसरमा कार्यक्रमस्थलमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जी–२० देशका अन्य सदस्यहरूलाई स्वागत गरेका छन् ।
साथै उनले जी–२० सम्मेलनमा मोरक्कोमा गएको शक्तिशाली भूकम्पमा परी निधन भएकाहरुप्रति श्रद्धाञ्जली व्यक्त गरे ।

Author

You may also like