कमल/ झापाको कमल गाउँपालिकालाई जिल्ला समन्वय समिति झापाबाट बालमैत्री घोषणा गरिएपछि के कस्ता कार्य र प्रगतिहरु भए भन्ने बारेमा छलफल गरिएको छ ।
वडा नं ५ को कार्यालयमा आइतबार राखिएको छलफलमा वडा नम्बर ७ को कार्यालय सचिव रेनुका गौतमले बालमैत्री स्थानीय शासनका विविध पक्षका बारेमा प्रकाश पारेकी थिइन् । उनले बालमैत्री वडा तथा पालिका हुूनका लागि चाहिने ५१ सूचकहरु, संविधानमा बालकालिकाको हक, बालबालिका संरक्षण सम्बन्धी कानून, नीति निर्माणमा बालबालिकाको सहभागिता, ऐन र नियमावलीमा मात्र बालमैत्री नभई व्यवहारमै कसरी बालमैत्री बन्ने भन्ने बारेमा पनि जानकारी गराइन् ।
बालमैत्री घोषणा बारे कमल गाउँपालिकामा सोमबार प्रदेश सरकारले समेत अनुगमन गरेको छ । सोही अनुगमनका सन्दर्भमा पालिकाका तर्फबाट के कस्तो तयारी गरेर बस्ने भनेर आइतबार ७ वटै वडाहरुमा सरोकारवालाहरुसँग अन्तरक्रिया र छलफलको कार्यक्रम राखिएको थियो । कार्यक्रममा सम्बन्धित वडाका वडाध्यक्ष, वडा सदस्य, कर्मचारी, बालमैत्री वडा समिति, टोल विकास संस्थाका प्रतिनिधि, बाल क्लबका सदस्य, राजनीतिक दलका स्थानीय प्रतिनिधिहरु पत्रकारहरु लगायतको सहभागिता रहेको थियो । वडा नं ५ मा भएको कार्यक्रमको अध्यक्षता गरेका वडाध्यक्ष लाल बहादर (एल.बी.) विष्टले बालमैत्री बोली, व्यवहार कागजमा नभएर व्यवहारमै हुनुपर्ने भन्ने बारेमा सबै जना सचेत हुनुपर्ने बताए । उनले वडामा बालमैत्री शासनका लागि आपूmहरु सजग र सचेत रहेको भन्दै प्रतिवद्ध समेत रहेको प्रष्ट पारे । कार्यक्रममा सितापुरी टोल विकास संस्थाका सचिव तोम प्रसाद बाँस्कोटाले वडामा बालमैत्री शासनका लागि हालसम्म भएका गतिविधिहरुका बारेमा जानकारी गराएका थिए । कार्यक्रममा कमल-५ का वडा सदस्यहरु ओम कुमार प्रधान, चुरुङहाङ लावती, भूूमिका महरा, वडा सचिव अमृत साह, पूर्व वडा सदस्य खगेन्द्र तिवारी लगायतको उपस्थिति रहेको थियो ।