चेतन डर
चुलाचुली गाउँपालिकाको भूमि इतिहास भन्दा बढि छ यो बरको रुखको उमेर । चुलाचुली रंगमञ्च, इलामको नयाँ नाटकको कलाकार समूह । यहि रुखको ओतमुनी यतिबेला हामी छौं । यस भूगोलले जन्माएका एक जिवित कला क्षेत्रका धरोहर व्यक्तित्वसंग । जसको सिर्जनशिल कर्मलाई नजिकबाट अध्ययन गर्ने हो भने मात्र पनि कला, भाषा, साहित्यको एउटा सिंगो इतिहासको पुस्तक पढ्न पाउँछौं ।
उनी संग के छैन ? जसलाई राज्यले चिन्दैन् । स्थानीय सरकारले चिन्दैन् । अझै चिन्न चाहन्दैन् । आजको बौद्धिक भनिएका व्यक्तित्वहरुले । खोज्न चाहदैनन् आजका नयाँ प्रविधिमा हुर्किरहेका नयाँ पुस्ताले ।
आज हामी जुन भूमिको धनीवासी भनेर भूमिको हक दाबी गरिरहेका भूमि मालिकहरु छौं । यो अवस्था यिनै धरोहर व्यक्तिहरुको पसिना, विवेक, साहस र उर्जाले बनाएको थियो । तर आज त्यहि बाटो बनाउनेहरुलाई बाटो हिड्नेहरुले सोध्न छाडे ।
श्रस्टा ज्ञानोदय लाओती (ज्ञानबहादुर लाओती) धेरै लिम्बू भाषिक कृतिहरु मध्ये नाटक ‘नेपाल फर्कन्दा’ का नाटककारसंग हामीले सुन्ने मौका पाएकाछौं कुनै समयको काल जंगलको कथा अर्थात्, किपट र झोडाको कथा । अब पुरा कथा सुन्न र हेर्नका लागि तपाईको पालो नजिकिदै छ । नाटक ‘झोडा’ निर्माणको क्रममा रिहर्सलमा छौं । हाम्रा पूर्खाले घना जंगललाई कसरी वस्ती वनाए अनि के कस्ता समस्या भोगेर यो अवस्थामा समाजलाई डोर्याउँदै ल्याए भन्ने इतिहास समेट्ने कोशिसमा छौं ।

Author

You may also like