मुख्य

नगरसभालाई बन्धक नबनाउन गठबन्धनको आग्रह

दमक/ झापाको दमक नगरपालिकाको नगर सभालाई बन्धक नबनाउन पाँच दलीय गठबन्धनले आग्रह गरेको छ । गत असार १० गते प्रस्तुत वार्षिक नीति, कार्यक्रम र बजेट पारित गर्नमा नेकपा एमालेका नगर सभासदहरुले विभिन्न माग राख्दै अवरोध पु¥याइरहेका छन् । नगर सभाको असार २७ गते बसेको दोश्रो बैठकमा एमालेका सभासदहरुले आवश्यक छलफल गर्न समय नदिएको भन्दै विरोध जनाएपछि सभाध्यक्ष तथा नगर प्रमुख राम कुमार थापाले असार २९ गतेका लागि तेश्रो पटक बैठक बोलाएका थिए । तर सो बैठकमा पनि आफ्ना राय सुझाव र मागहरु समेटन कार्यपालिकाको बैठक नबोलाएको भन्दै एमालेको सभासदहरुले उपस्थित भएपनि बैठक पुस्तिकामा हाजिर नजनाएपछि गणपुरक संख्या नपुगेको भन्दै यही साउन ३ गतेका लागि चौथो पटक नगर सभाको बैठक बोलाइएको छ ।
५५ जनाको नगर सभामा ४३ जना सभासदहरु एमालेका मात्रै छन् । दमकमा नगर प्रमुख थापा राप्रपा, उप–प्रमुख रेगिना भट्टराई प्रसाई नेपाली काँग्रसबाट तथा २ वडाध्यक्ष काँग्रेस र १ वडाध्यक्ष राप्रपा बाहेक अधिकांश सभासदहरु एमालेका रहेका छन् । ‘यो बहुमतको दम्भ देखाएर एमालेले नगर सभाको बैठक अवरोध गरेको देखियो । यस्तो नहोस् । ’शनिबार दमकको कात्यायनी होटलमा स्थानीय तहको चुनवामा गठबन्धन गरेका दलहरुद्वारा आयोजित पत्रकार सम्मेलनमा नेपाली काँग्रेसका झापा जिल्ला उपसभापति शेर बहादुर भट्टराईले भने– बहुमतको नाममा नगरपालिका नेतृत्वलाई अप्ठ्यारोमा पार्न हुँदैन । अनावश्यक विवाद गर्न हुँदैन । वार्ता र संवादको माध्यमबाट समस्याको निकास दिन हामी तयार छौं ।’
पत्रकार सम्मेलनमा वितरित संयुक्त प्रेस विज्ञप्तीमा नगरपालिकाकालाई अनिर्णयको बन्दी बनाए त्यसको जिम्मेवारी नेकपा एमालेले लिनुपर्छ भनिएको छ । बजेट पारित नभएमा नगरपालिकाका यावत कामहरु अघि बढ्न सक्दैनन् । यस्तो अवस्थामा स्थानीय तहको चुनावमा मुख्य पदहरुमा पराजित भयौं भन्दैमा एमाले जस्तो पार्टीले बहुमतको दम्भ देखाएर बजेट फेल गराउने कार्य रोक्नुपर्छ र नगर सभालाई ऐन नियम र कानुनअनुसार सहज ढंगले अघि बढ्ने वातावरण दिनुपर्छ  । यसअघि गत असार २९ गते बुधबार नेकपा एमाले पक्षधर नगर सभासदहरुले पनि उनीहरुका पक्षको संयोजक लोकबहादुर धिमालको अगुवाईमा आफ्ना मागहरु सम्बोधन नभए यही साउन ३ गतेको नगर सभा बैठक पनि चल्न नदिने बरु आन्दोलनमा उत्रिने चेतावनी दिइसकेको छ । विज्ञप्तीमा एमाले प्रमुख प्रतिपक्षी भएकाले दलका नेतालाई मोटरगाडी, छुट्टै कार्यकक्ष र अन्य सुविधाको माग गरेको उल्लेख गरिएको छ । स्थानीय सरकारमा प्रतिपक्षीको कल्पना हास्यास्पद र पद्धतिको खिलाफ भएको समेत उल्लेख गरिएको छ । साथै नगर सभा चल्न नदिने धम्कीपूर्ण चेतावनीको घोर भत्र्सना र निन्दा गरिएको छ ।
प्रेस विज्ञप्तीमा नेपाली काँग्रेसका नगर सभापति प्रकाश प्रसाई, राप्रपाका नगर अध्यक्ष हेमराज सुवेदी, नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष कुल बहादुर बस्नेत( रवि), नेकपा एकीकृत समाजवादी पार्टीका नगर अध्यक्ष महेश घिमिरे र जनता समाजवादी पार्टीको नगर अध्यक्ष भेषराज भट्टराईको हस्ताक्षर रहेको छ । माओवादी केन्द्रका नगर सचिव शंकर बस्नेतले संचालन गरेको कार्यक्रममा काँग्रेस नगर सभापति प्रसाईले सिटी सफारी र अटोको पूर्वाधार कर हटाउने कुरा निश्चय भइसकेकोमा अहिले एमालेले सो कुरा उठाएर जस लिन खोजेको बताए । काँग्रेसका झापा क्षेत्र नम्वर ५ का सभापति ढुण्डीराज भण्डारीले १२४ जना करारका कर्मचारीलाई निरन्तरता दिने कुरा उठाएर राजनीतिक प्रोपोगण्डा मात्र गर्न खोजेको आरोप लगाए । करार अवधि लम्ब्याउने या नलम्ब्याउने भन्ने अधिकार नगर प्रमुख र नगरपालिका नेतृत्वलाई रहेको उनले प्रष्ट पारे । अहिलेको समस्यामा गठबन्धन दलहरु एमालेसंग छलफल, समन्वय र सहकार्य गरेर अघि बढ्न तत्पर रहेको उनले बताए । राप्रपाका नगर अध्यक्ष सुवेदीले नगर प्रमुखले ऐन, नियम अनुसार चल्नुपर्ने भएकाले त्यसलाई एमालेले पनि मान्नुपर्ने र अहिले आएको बजेट मस्यौदा समितिमा सहमति भइ आएकाले एमालेका सभासदहरु बीचमा आएर बखेडा झिक्नुको कुनै औचित्य नभएको तर्क राखेकाका छन् ।

Author

You may also like