दमक/ दमक ८ का एक जनालाइ बहुविवाह सम्बन्धी मुद्धा फैसला भएको दश बर्षपछि कारागार चलान भएका छन्र । झापा जिल्ला अदालतको मिति २०६९ असोज २२ गतेको फैसला अनुसार बहुबिवाह मुद्धामा फरार रहेका दमक ८ स्थायी घर भई उर्लाबारी ५ मा बस्दै आएका ४६ बर्षिय जीवनाथ कोइराला कारागार चलान भएका हुन । उनलाई जिल्ला अदालत झापाले एक बर्ष कैद सजाय र पाँच हजार रुपैयाँ जरिवाना तिर्नु पर्ने फैसला सुनाएको थियो । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार उनलाई अदालतको फैसला कार्यन्वयनका लागि बुधबार पक्राउ गरि बिहिबार कारागार चलान गरिएको छ ।