मुख्य

दमक गोल्डकपबाट काँग्रेस अलगियो

दमक/ दमकमा जारी दमक गोल्डकपका सञ्चार तथा आर्थिक उपसमितिका संयोजकहरुले जिम्मेवारीबाट अलगिएको घोषणा गरेका छन् । गोल्डकप आयोजकले प्रतियोगितामा एकपक्षीय गतिविधि गरेको भन्दै नेपाली काँग्रेस निकटका दुई संयोजकसहित विभिन्न जिम्मेवारी पाएका तीन जनाले सामूहिक रुपमा अलगिएको घोषणा गरेका हुन् ।
सञ्चार उपसमितिका संयोजक बबरजंग थापा, आर्थिक उपसमितिका संयोजक चन्द्र खत्री , खेलकुद विकास समितिकी सदस्य दिलु सुब्बा (राई ) लगायतले आप्mनो जिम्मेवारीबाट अलगिएको घोषणा गरेका हुन् । उनीहरुले काँग्रेस नगर सभापति प्रकाश प्रसाईलाई जानकारी पत्र पठाएर गोल्डकपमा पाएको आ–आप्mनो जिम्मेवारीबाट १२ चैतदेखि अलग भएको उल्लेख गरेका छन् । काँग्रेसले तीन दिन अघि गोल्डकप आयोजना गर्ने समितिको कार्यशैली प्रति असन्तुष्टि जनाउँदै त्यसलाई असहयोग पु¥याउने उद्घोष गरेको थियो । काँग्रेस केन्द्रीय सदस्य तथा संघीय सांसद महेन्द्रकुमारी लिम्बूसहितका नेताहरुले गोल्डकपलाई राजनीतिकरण गरिएको भन्दै पार्टी निकट त्यहाँ बसेका सबै जिम्मेवार व्यक्तिहरुलाई अल्टिमेटम दिँदै जिम्मेवारीबाट राजीनामा दिन निर्देशन दिएको थियो । त्यसै निर्देशन अनुसार गोल्डकपको समितिमा बसेका काँग्रेस निकटका व्यक्तिहरुले धमाधम राजीनामा दिन थालेको काँग्रेस नगर सचिव दिपेश दाहालले बताएका छन् ।

Author

You may also like