मुख्य

ग्लोबल एकेडेमीमा स्वागत र विदाइ कार्यक्रम

दमक/ झापाको दमक–६ स्थित ग्लोबल एजुकेशनल एकेडेमीले कक्षा ११ का विद्यार्थीलाई स्वागत तथा कक्षा १२ को परीक्षा पास गरेका विद्यार्थीहरुलाई एक कार्यक्रम गरी विदाई गरेको छ । दमक नगरपालिकाका शिक्षा शाखा प्रमुख दिनेश कुमार न्यौपानेको प्रमुख आतिथ्यतामा आइतबार सो कार्यक्रम सम्पन्न भएको हो  ।
कार्यक्रममा विभिन्न संकाय अन्तर्गत २०७८ सालको कक्षा ११ र १२ को त्रैमासिक र वार्षिक परीक्षामा प्रथम, द्वितीय र तृतीय स्थान ल्याई उत्कृष्ट हुन सफल २७ जना विद्यार्थीहरुलाई नगद पुरस्कार प्रदान गरियो  । पुरस्कारको राशी प्रथम हुनेलाई ६ हजार, द्वितीय हुनेलाई ४ हजार र तृतीय हुनेलाई ३÷३ हजारका दरले हुन आउने जम्मा १ लाख १७ हजार रकम पुरस्कार स्वरुप प्रदान गरियो  । विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष तथा वर्तमान सदस्य खेम प्रसाद भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रधानाध्यापक गुणराज अधिकारीले विद्यालयका विभिन्न शैक्षिक गतिविधिमाथि प्रकाश पार्दै विद्यार्थीहरुको उज्वल भविष्यको कामना गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि न्यौपानेले विद्यालयले उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कृत गरेको कार्यको खुलेर प्रशंसा गरेका थिए  । कार्यक्रममा विद्यार्थीहरुले गायन र नृत्यसहित सहभागीहरु समक्ष मनोरञ्जनात्मक प्रतिभा प्रस्तुत गरेका थिए ।

Author

You may also like