फिल्मी खबर मनोरञ्जन

शिवरात्रीको अवसरमा रिलिज ‘लप्पन छप्पन २

मुकुन्द भट्टको निर्देशन रहेको फिल्म ‘लप्पन छप्पन २’ को रिलिज मिति सार्वजनिक भएको छ। कोरोनाले पटक-पटक रिलिज मिति सरेको यो फिल्म अब आगामी फागुन १३ रिलिज हुने पक्का भएको छ।
एक्सन जनरामा बनेको यस फिल्मलाई आगामी शिवरात्रीको अवसरमा रिलिज गर्ने लागेको निर्देशक मुकुन्द भट्टले जानकारी दिए।
फिल्ममा सौगात मल्ल, शिव श्रेष्ठ, अर्पण थापा, अनुप विक्रम शाही, एन्जल श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको छ। फिल्मको कथा निर्देशक भट्ट र सुनिल नेउरेले लेखेका हुन्। पुरुषोत्तम प्रधानको छायाङ्कन रहेको फिल्मलाई मिलन श्रेष्ठले सम्पादन गरेका हुन्।
‘लप्पन छप्पन२’ नेपालीसँगै हिन्दी, तमिल, तेलुगु, भोजपुरी र चानियाँ गरी ६ भाषामा रिलिज हुनेछ। प्रशासनले उपत्यकाका ५० प्रतिशत अकुपेन्सीमा हल खुल्न दिने निर्णय गरेसँगै अहिले फिल्म निर्माता तथा निर्देशकहरुले रिलिज मिति घोषणा गरिरहेका छन्।

Author

You may also like