दमक/ झापाको स्थानीय तहमध्ये सबैभन्दा धेरै बेरुजु कचनकवल गाउँपालिकामा देखिएको छ । महालेखाले झापाको कचनकवलमा धेरै बेरुजु रहेको प्रतिवेदन सार्वजनिक गरेको छ । कचनकवल गाउँपालिकामा मात्रै ६ दशमलव ०६ प्रतिशत बेरूजु देखिएको छ । सो गाउँपालिकामा ७ करोड २३ लाख २१ हजार रूपैयाँ बेरुजु पाइएको छ ।
यस्तै जिल्लाको मेची नगरपालिकाको बेरूजु प्रतिशत २ दशमलव २७ प्रतिशत देखिएको छ भने भद्रपुर नगरपालिकाको ४ दशमलब २३ प्रतिशत, दमक नगरपालिकाको १ दशमलब ०९ प्रतिशत, कन्काईको १ दशमलव ३४ प्रतिशत, अर्जुनधाराको २ दशमलव ९० प्रतिशत, गौरादहको १ दशमलव ४६ प्रतिशत, झापाको शून्य दशमलव ६० प्रतिशत, हल्दीबारीको २ दशमलब ५९ प्रतिशत, बाह्रदर्शीको १ दशमलब ६६ प्रतिशत, बुद्वशान्तिको २ दशमलब २० प्रतिशत, कमल गाउँपालिकाको ० दशमलब ०८ प्रतिशत रहेको छ ।
शिवसताक्षी नगरपालिकाको सबैभन्दा कम बेरुजु देखिएको छ । प्रतिवेदनले शिवसताक्षीको ०.०६ प्रतिशत अर्थात् ११ लाख ७७ हजार रुपैयाँ मात्र बेरुजु देखिएको छ । लेखा परीक्षण गरिएको कुल रकम १ अर्व ९० करोड ५३ लाख ६८ हजार रुपैयाँ मध्ये ०.०६ प्रतिशत बेरुजु देखिएको छ । गौरीगञ्ज गाउँपालिकाको बेरुजु रकम १ करोड १५ लाख ६ हजार रुपैयाँ बेरुजु देखिएको छ । लेखा परीक्षण गरिएको कुल रकम ९९ करोड ४३ लाख १ हजार रुपैयाँको १.१६ प्रतिशत रकम बेरुजु देखिएको हो । गत आर्थिक वर्षमा गौरीगञ्जको बेरुजु २.०९ प्रतिशत अर्थात् १ करोड ७८ लाख ६६ हजार रूपैयाँ थियो । आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व ऐन २०७६ अनुसार कानुन बमोजिम रित नपु¥याई कारोबार गरेको वा राख्नु पर्ने लेखा नराखेको तथा अनियमित तरिकाले कारोबार गरेको खण्डमा गरिएको कारोबारलाई महालेखाले बेरूजु देखाउने गरेको छ ।