समाचार

सेजलको मृत्यु प्रकरण : बलात्कारपछि हत्या भएको दाबी, आरोपित प्रहरी नियन्त्रणमा

दमक/दमकमा डेरा गरी बस्ने सेजल कोइरालाको बलात्कारपछि हत्या भएको दाबीसहित प्रहरीमा किटानी जाहेरी परेको छ ।
इलाका प्रहरी कार्यालय दमकका डिएसपी नवराज कार्कीले भने –पोस्टमार्टम रिपोर्ट आएको छ, उहाँ (सेजल)को परिवारका तर्फबाट पनि किटानी जाहेरी परेको छ । आरोपितलाई हामीले नियन्त्रणमा लिएका छौं ।
उनले आरोपितलाई म्याद थपका लागि भोली (बुधबार) अदालतमा पेश गर्ने तयारी रहेको पनि जनाए । दमक–५ स्थित घरमा डेरा बसेकी सेजल लाइफलाइन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रेडियोलोजी तेस्रो बर्षमा अध्ययनरत थिइन । इलाम मंगलबारेकी सेजल आफनै टवाइलेटको कम्बोर्टमा बेहोस अवस्थामा भेटिएकी भन्दै साथीहरुले उपचारका लागि लाइफलाइन अस्पतालमा ल्याएका थिए ।
पीडित परिवारले मंगलबार इलाका प्रहरी कार्यालय दमकमा सेजलको बलात्कारपछि हत्या गरिएको दाबी गर्दै जाहेरी दिएको हो । प्रहरीले हत्यामा संलग्न रहेको आरोमा भोजपुर घर भई हाल दमकमा बस्दै आएका अरुण राईलाई नियन्त्रणमा लिइसकेको जनाइएको छ । अरुण र सेजलबीच प्रेम सम्बन्ध रहेको बताइएको छ ।

Author

You may also like