समाचार

आम्दा अस्पतालमा सेनिटाइजर स्प्रे

दमक/ सानो प्रयास युवा समाज दमकले आम्दा अस्पतालमा कोरोनो भाइरस रोकथाम नियन्त्रणका लागि सेनिटाइजर स्प्रे गरेको छ । सानो प्रयास संस्थाका टोलीले आम्दा अस्पताल दमकको प्रशासनिक कार्यालय, वहिरंग विभाग, बिराम स्थल, आकस्मित कक्ष लगायतका ठाउँमा सेनिटाइजर स्प्रे गरेको हो ।
बिरामी र कुरुवाको चापलाई ध्यानमा राखेर आम्दामा कोरोना कोभिड १९ को संक्रमण नहोस् भनेर सेनिटाइजर स्प्रे गरेको संस्थाको अध्यक्ष सुरज श्रेष्ठले बताए । सानो प्रयास युवाहरुको ९ जनाको टोलीले सेवाग्राहीहरुको धेरै भीडभाड हुने सेवा प्रदायक संस्था र कार्यालयहरुमा अभियानकै रुपमा सेनिटाइजर स्प्रे गरी रहेको सामाजिक अभियन्ता सुरेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । संस्थाले यसअधि कोभिड १९ उपचार केन्द्र बेलडाँगी दमकमा पनि सेनिटाइजर स्प्रे गरेको थियो ।

Author

You may also like