समाचार

२५ लाख सम्पत्ति लिएर प्रेमीसँग श्रीमती फरार (प्रेमीले दिएको धम्कीको म्यासेजसहित)

पृतम भट्टराइ

पवन निराैला 

दमक/ झापा दमक–१ स्थित हवल्दार चौकका राजु न्यौपानेसँग विवाह गरी आएकी एक युवतीले २५ लाख बराबरको सम्पत्ति लिएर फरार भएकी छिन् ।

गत असार १५ गते राजीखुसी विवाह गरेकी २४ वर्षीया तारा बाँस्तोला (न्यौपाने) ले २५ लाख बराबरको सम्पत्ति लिएर फरार भएकी हुन् ।

मिति २०७७ असोज ३ गते दिउँसो १ बजे घरमा सासुआमा निधाएको अवस्थामा दमक–६ मा रहेको पसल आउँछु भनी फोनमा ताराले श्रीमानलाई जानकारी गराइ १२ तोला सुन, १२ लाख रकम र अन्य सामान लिइ एउटा पत्र लेखी सिरानीमा राखेर प्रेमीसँग भागेकी श्रीमान् न्यौपानेले बताएका छन् ।

पसल आउँछु भनी फोनमा भनेकी श्रीमती बेलुकासम्म पसल नआएपछि श्रीमान न्यौपानेले सम्पर्क गर्दा दमककै एउटा ब्युटी पार्लरमा कपाल स्टेट र कलर गरेर पसल आउँछु भनी पुनः म्यासेन्जरमा म्यासेज पठाएकी थिइन् ।

श्रीमती ताराले छोडेको चिठ्ठीमा लेखेकी थिइन्– ‘मैले आफ्नो सुर गरे । म पत्रकार पृतम भट्टराईसँग गइसकेकी छु, ३ वर्षदेखि अफयेर चलिरहेको थियो । मेरो शरीरभित्र उसको रगत र उसको शरीरभित्र मेरो रगत छ, त्यसैले मलाई नखोज्नुहोला’ भनी लेखेकी थिइन् ।

भगाउने केटा पृतम भट्टराई कान्तिपुर पब्लिकेशनमा काम गर्दै गरेको बताइएको छ । उनले समेत न्यौपानेलाई म्यासेन्जरमा कल गरी धम्क्याएका छन् ।

उनले तारा र आफूलाई नखोज्न भन्दै खोजी गरे न्यौपानेलाई सिध्याउनेसम्मको धम्की दिएको श्रीमान् न्यौपानेले जानकारी दिएका छन् ।

न्यौपानेले शनिबार इलाका प्रहरी कार्याल दमकमा जाहेरी दिएका छन् ।

यस्ताे छ पृतम भट्टराइले न्याैपानेलाइ दिएकाे धम्कीपूर्ण म्यासेजः

पृतम भट्टराइ, उर्लाबारी, माेरङ
कान्तिपुर पब्लिकेशनमा काम गर्दै गरेको बताउने पृतम भट्टराईले न्यौपानेलाई म्यासेन्जरमा लेखेकाे धम्कीपूर्ण म्यासेज । उनले तारा र आफूलाई नखोज्न भन्दै खोजी गरे न्यौपानेलाई सिध्याउनेसम्मको धम्की दिएको श्रीमान् न्यौपानेले जानकारी दिएका छन् ।

फरार तारा बाँस्ताेला (न्याैपाने) ले लेखेर छाेडेकाे पत्रः

Author

You may also like