धनुषा। प्रदेश २ मा थप ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। धनुषाका २९, महोत्तरीका १७, सप्तरीमा १४, सर्लाहीका ७, सिरहाका ६ र रौतहटका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
प्रदेश २ का प्रदेश स्वास्थ्य निर्देशनालयका वरिष्ठ अधिकृत विजय झाका अनुसार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको पीसीआर परीक्षणबाट कोरोना संक्रमण पुष्टि भएको हो।