समाचार

अन्त्येष्टि भएको एक हप्तापछि कोरोना संक्रमण पुष्टि

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ पुगेको छ। नेशनल मेडिकल कलेज वीरगञ्जमा उपचारका क्रममा पाँच गते मृत्यु भएका एक बिरामीको रिपोर्ट मृत्यु भएको एक हप्तापछि कोभिड–१९ पोजिटिभ देखिएसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या ४ पुगेको हो । सोहि दिन अन्त्येष्टि गरिएका बाराका ती बिरामीको सोमबार कोरोना परीक्षणको रिपोर्ट आउँदा ती व्यक्ति कोभिड–१९ संक्रमित भएको पुष्टि भएको छ।

‘बाराका ती वृद्धि दमका रोगी थिए । निमोनिया भएपछि डाक्टरहरुले कोरोनाको शंका गरी स्वाब संकलन गरेर जेठ २ गते हामीलाई बुझाइएको थियो,’ नारायणी उपक्षेत्रीय अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले भने, ‘४ गते त्यसको रिपोर्ट आयो। त्यसमा पोजिटिभ आएपछि ५ गते पुनः परीक्षण गर्दा केहि अष्पस्टता भएपछि काठमाडौं पठाइएको थियो।’ तर सोमबार बिहान त्यसको रिपोर्ट पनि कोभिड–१९ पोजिटिभ नै देखिएको उनले बताए।

Author

You may also like