दमक/ प्रतिनिधिसभा निर्वाचनको मतगणनामा देशभर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को लहर चलेको छ । हालसम्म सार्वजनिक प्रारम्भिक मत परिणाम र अग्रताका आधारमा रास्वपाले विभिन्न निर्वाचन क्षेत्रमा अग्रता कायम गर्दै नयाँ राजनीतिक लहर सिर्जना गरेको देखिन्छ ।
पछिल्ला वर्षहरूमा परम्परागत राजनीतिक दलप्रति जनतामा बढ्दो असन्तुष्टि, सुशासन र पारदर्शिताको माग, तथा नयाँ नेतृत्वको खोजीले यसपटकको निर्वाचनमा रास्वपाप्रति मतदाताको आकर्षण बढेको विश्लेषण गरिएको छ ।
शुक्रबार सा“झ ६ः३० बजेसम्म प्राप्त परिणाम अनुसार रास्वपाले १० स्थानमा जित हासिल गरेको छ। रास्वपाका उम्मेदवार पुकार बम, सोविता गौतम, मनिषा झा, दिपक बोहोरा, गणेश पराजुली, आशिका तामाङ, शिशिर खनाल, रञ्जु दर्शना र विराजभक्त श्रेष्ठ विजयी भएका छन । यद्यपि खनाल, दर्शना र श्रेष्ठ बाहेक अन्यको आधिकारिक घोषणा हुन बाँकी रहेको छ।
रास्वपा सय बढी स्थानमा प्रतिष्पर्धात्मक अग्रता कायम गरेको छ। यस्तै, नेपाली कांग्रेसले २ स्थानमा विजय हासिल गरेको छ भने ११ स्थानमा अग्रता कायम छ । त्यसैगरी नेकपा (एमाले) १० स्थानमा अग्रस्थानमा देखिएको छ भने नेपाली कम्युनिस्ट पार्टीबाट पूर्वप्रधानमन्त्री समेत रहेको पुष्कमल दाहाल विजयी भईसकेका छन भने १ स्थानमा अग्रता कायम छ । राष्ट्रिय प्रजातन्त्र पार्टी १ स्थानमा अगाडि देखिएको छ । अन्य दल तथा स्वतन्त्र उम्मेदवारहरू २ स्थानमा प्रतिस्पर्धामा छन् ।
विश्लेषकहरूका अनुसार परम्परागत दलहरूको लामो समयदेखिको सत्ता अभ्यास, भ्रष्टाचार र सुशासनप्रतिको असन्तुष्टि, तथा नयाँ पुस्ताका मतदाताको परिवर्तनप्रतिको चाहनाले यस निर्वाचनमा नयाँ राजनीतिक शक्तिलाई अवसर दिएको छ। विशेषगरी सामाजिक सञ्जालमार्फत सक्रिय प्रचार, युवामुखी एजेन्डा र वैकल्पिक राजनीतिक विकल्पको रूपमा प्रस्तुत भएकाले रास्वपाले देशभर मतदाताको ध्यान तान्न सफल भएको देखिन्छ ।
यद्यपि मतगणना अझै जारी रहेकाले अन्तिम परिणाम आउँदासम्म सिट वितरणमा परिवर्तन हुन सक्ने निर्वाचन आयोगले जनाएको छ। प्रारम्भिक नतिजाले भने यसपटकको प्रतिनिधिसभा निर्वाचनमा नयाँ राजनीतिक शक्तिको उदय र मतदाताको परिवर्तनप्रतिको चाहना स्पष्ट रूपमा देखिएको विश्लेषण गरिएको छ ।

Author

You may also like