बिर्तामोड । वैदेशिक हस्तक्षेप बन्द गर, संसद पुनस्र्थापना गर, सर्वपक्षीय सरकार गठन गरलगायत नारा लगाउँदै शनिबार एमाले जिल्ला कमिटी झापाले प्रदर्शन गरेको हो।
एमालेले जेनजी आन्दोलनपछि सत्ताच्यूत हुनुपरेको आवेगमा देशभर प्रदर्शन गर्ने कार्यक्रम राखेको छ। सोहीअनुसार शनिबार झापामा पनि प्रदर्शन भएको हो।
एमालेका नेता, कार्यकर्ताको उपस्थिति रहेको कार्यक्रममा वक्ताहरूले संविधानको पूर्ण कार्यान्वयन हुनुपर्ने, वर्तमान राजनीतिक गतिरोधको अन्त्य हुनुपर्ने बताएका थिए। वक्ताहरूले देशको सार्वभौमसत्ता र स्वाभिमानमाथि बाह्य हस्तक्षेप भइरहेको भन्दै त्यसको स्वीकार्यता नहुने बताएका थिए।
नेताहरूले अहिलेको कामचलाउ सरकारले देशलाई सही दिशा दिन नसकेको र राजनीतिक दलहरूबीचको सहमति टुट्दा संविधान कार्यान्वयनको प्रक्रिया गम्भीर संकटमा परेको बताएका थिए।
उनीहरूले राष्ट्रिय सहमतिमा आधारित सर्वपक्षीय सरकार गठन गर्नुको विकल्प नरहेको धारणा व्यक्त गरेका थिए।
जिल्लाभरबाट सहभागी नेता कार्यकर्ताहरुको ¥याली मुक्तिचोकबाट सुरु भई सिटि सेन्टरमा आयोजित जनसभामा पुगेको थियो । पार्टीका झापा जिल्ला अध्यक्ष प्रेम गिरीको अध्यक्षतामा भएको सभामा एमाले झापाका उपाध्यक्ष शिव ढुङगेल, बिर्तामोड नगर कमिटी अध्यक्ष सुवास भट्टराई लगायतले सम्बोधन गरेका थिए ।

Author

You may also like