आजकल सामाजिक सञ्जालमा, आम सञ्चार माध्यममा दलका नेताहरूलाई देखाएर एउटै कुरो भाइरल हुन्छ । त्यो हो – ‘पाप कराएको’ । कस्तो गज्जपको भनाई ?
नेताका घर जले ।
नेताका पद र हैसियत गुमे ।
छँदा खाँदाको दुईतिहाइको सरकार गल्र्याम्मै ढल्यो ।
खरवौं खर्च गरेर ६० प्रतिसत जनता र तिनका ४÷ ५ जना नेताको ‘म्युजिकल चेयर’ का लागि बनाएको संविधान पनि सुलिप्mयाँट खायो ।
अरबाँैंको महलमा बसिरहेकाहरू डेरामा बस्न बाध्य भए ।
अनि सामाजिक सञ्जाल र मिडियामा बोल्नेहरूको कुरा सुन्छु । ती बोल्छन्, ‘पाप करायो ।’
यो पादवलीको ओइरो देखेपछि म पनि एसो पाप कसरी कराउँदो रहेछ भनेर यस्तै बिषयमा धेरै आख्यान, खासगरी कथाहरू लेखेका अमेरिकी लेखक ‘एडगर एलेन पो’ पल्टाएँ । उनका कथाहरू पल्टाएँ । र भेट्टाएँ एउटा कथा ‘पाप कराएको’ । शीर्षक छ, ‘द इम्प अफ द पर्भस’ (पापी आवेग) ।
‘पापी आवेग’ को कथा यस्तो छः
कथा सुरुमा कथावाचक (न्यारेटर) ले मानव स्वभावको गहिरो मनोवैज्ञानिक पक्षबारे दार्शनिक व्याख्या गर्छ । उसले भन्छ– मानिसमा एउटा अजीब शक्ति हुन्छ जसले उसलाई कहिलेकाहीँ ठ्याक्कै त्यो गर्न जबरजस्त प्रेरित गर्छ जुन गर्नु हुँदैन भन्ने उसलाई राम्ररी थाहा पनि हुन्छ । यो कुनै तर्क, विवेक, डर वा लालचका कारण होइन, बरु “नगर्नु पर्छ” भन्ने चेतनाले नै “गरौँ” भन्ने आवेग जन्माउँछ । उसले यस आवेगलाई ‘पापी आवेग’ भनेर नाम दिन्छ ।
न्यारेटर भन्छ कि संसारका धेरै अपराधीहरू पनि यही अज्ञात आवेगका कारण आफैँ फस्छन् । जब उनीहरूले ठ्याक्कै अनि अति सुरक्षित अपराध गर्छन्, सबै प्रमाण लुकाउँछन् । दुनियाँलाई बेवकुफ बनाउँछन् । खतनाक वौदिकता प्रदर्शन गर्छन्, तर उनीहरूमा नै आफ्नै मुखबाट स्वीकार गराउने आवेग बिस्तारै बढ्न थाल्छ । यसरी मान्छे आफैँ आफ्नो पतनका लागि पूर्ण जिम्मेवार बन्छ ।
त्यसपछि न्यारेटरले आपैmले हत्या गरेको आप्mनै अपराधको कथा सुनाउँछ । जुन कथामा उसले वर्षौँ अघि एउटा धनी मानिसलाई बिष खुवाएर योजनाबद्ध रूपमा मारेको थियो । हत्या त्यति चलाखीले गरिएको थियो कि उसमाथि कुनै शंका उठेन । दुनियाँलाई तर्क र वौदिकताको खोल खोढेर मूर्ख बनायो । गाउँलेलाई मूर्ख बनायो । पुलिसलाई मूर्ख बनायो । उसको झुट कुरा पनि साँचो ठहरियो । दुनियाँलाई झुक्यायो । उसको अपराध सफल भयो, ऊ स्वतन्त्र भयो, र समाजमा मान–प्रतिष्ठा समेत पायो । ऊ सोच्थ्यो– अब उसको अपराध कहिल्यै पत्ता लाग्दैन । कसैको त्यो क्षमता छैन ।
तर समय बित्दै जाँदा उसको मनमा एउटा गहिरो मानसिक संघर्ष सुरु हुन्छ । उसले अनुभव गर्न थाल्छ कि कुनै आवाज वा शक्ति उसलाई निरन्तर “स्वीकार गर” भनेर भित्रैभित्रै धकेलिरहेको छ । ऊ बारम्बार यो आवेगलाई दबाउन खोज्छ– आफूलाई तर्क गरेर सम्झाउँछ, पुस्तक पढ्छ, ध्यान भंग गर्ने काम गर्छ, तर आवेग अझ बलियो हुँदै जान्छ ।
अन्ततः एक दिन जब ऊ भीडमा उभिरहेको हुन्छ, उसको मनको नियन्त्रण हराउँछ । उसले अनायासै जोरले चिच्याएर आफ्नो अपराध स्वीकार गर्छ ‘त्यो अपराधि बुढौलाई मैले नै मारेको हुँ । तिमीहरू सब मूर्ख हौ’ । वरपरका मानिस अचम्ममा पर्छन्, प्रहरी बोलाइन्छ, र ऊ तुरुन्तै पक्राउ पर्छ ।
मामला अदालतमा पुग्छ । ऊ दोषी ठहरिन्छ र मृत्युदण्ड सुनाइन्छ । कथा ऊ कारागारमा मृत्यु पर्खिरहेको अवस्थामा अन्त्य हुन्छ । अन्तिम क्षणमा ऊ सोचमा डुब्छ– आफूलाई कसैले होइन, आफ्नै पापी आवेगले विनाशमा पु¥यायो । यदि ऊ मौन बसेको भए, अपराध कहिल्यै पत्ता नलाग्ने थियो । तर ‘इमप अफ द पर्भस’ उसकै पतनको कारण बन्यो ।
कथा यत्ति हो ।
यो कथाले मानिसको भित्र आत्म–विनाशतर्फ धकेल्ने अज्ञात आवेग हुन्छ भन्ने देखाउँछ । अपराध वा गल्ती केवल कानुनी प्रमाणले होइन, कहिलेकाहीँ मानसिक शक्तिले नै उजागर हुन्छ भन्ने देखाउँछ । आत्मनियन्त्रणको अभावले व्यक्तिको विनाश ल्याउँछ भन्छ
पापी आवेग आत्म–विनाशको स्वभाव हो– मानिसको भित्र यस्तो मानसिक शक्ति हुन्छ जसले उसलाई जानाजानी गलत बाटो तिर धकेल्छ । अपराध, गल्ती वा आत्मघाती निर्णय पनि कहिलेकाहीँ तर्कसंगत कारणले होइन, “त्यो नगर्नु पर्छ” भन्ने चेतनाले उल्टो “गरौँ” भन्ने भावना जगाउँछ । यसरी पो ले मानिसको आत्म–विनाश गर्ने गहिरो मनोवैज्ञानिक प्रवृत्तिको चित्रण गर्छन् यहाँ ।
कथावाचकले हत्या गरेर सुरक्षित जीवन बिताइरहेको हुन्छ । तर अपराध पत्ता नलागे पनि उसले भित्रैभित्रै आफ्नै मुखबाट स्वीकार गर्नुपर्ने आवेग अनुभव गर्छ । कहिलेकाहीँ अपराधीलाई बाहिरी प्रमाणले होइन, उसकै मनले पक्रिन्छ । आत्मनियन्त्रणको विफलताले
कथावाचक बुद्धिमान, योजनाबद्ध र आत्मविश्वासी भएर पनि ऊ आफ्नो मनमा नियन्त्रण राख्न सक्दैन । मानिसको बुद्धि भन्दा पनि भावनात्मक ÷ अवचेतन शक्ति बलियो हुन सक्छ । आत्मनियन्त्रण गुम्दा बुद्धिमान व्यक्तिले पनि विनाश निम्त्याउन सक्छ । कथावाचकको पतन कसैको योजनाले होइन, उसकै आफ्नै आवेगले हुन्छ र मानिस आफैँ आफ्नो पतन लेख्छ ।
अर्को कुरा, अपराध जति धेरै दबाइन्छ, त्यो त्यति बाहिर आउन खोज्छ ।
कथावाचकले गरेको हत्या केवल अपराध होइन, दबिएको सत्य हो। त्यो सत्य मान्छेभित्रै बाट चिच्याएर बाहिर आउँछ – ठीक त्यस्तै जसरी अवचेतन कुरा चेतनामा आउँछ ।
कथाले मानव मनोविज्ञानको अन्धकार पक्ष देखाउँछ – जुन तर्क, नैतिकता वा विवेकभन्दा पर छ । यो कथा अपराध र सजायबारे होइन, आफ्नै भित्रको आवेगसँगको लडाइँ बारे हो ।
आज म मेरो देशका उपल्लो पदमा पुगेका मान्छेका कुरा सुन्छु । उदेक लाग्छ । ती कराइरहेछन् । सत्तोसराप गरिरहेछन् । चिच्याइरहेछन् । लेखिरहेछन् तिनै आक्रोशको महाभारत । गालीको माहात्म्य । तर तिनलाई थाहा छैन, त्यो उनीहरूको ‘अनियन्त्रीत पापी आवेग’ हो । उनीहरू अरूलाई गाली गरे जस्तो देखिए पनि उनीहरू आपैmलाई गाली गरिरहेका छन् । आप्mनो पापा आपैm स्वीकारिरहेका छन् । हिजो आपूmलाई लोकतन्त्रको मसिहा ठान्नेहरू पनि बर्बराइरहेछन् । पूर्व प्रधानमन्त्रीहरू, पूर्व मन्त्रीहरू सबै बर्बराइरहेका छन् । आप्mनै पाप स्वीकार गरिरहेका छन् ।
तिनका ठूला आवाजले पाप स्वीकारिरहेका छन् ।
सुन्नुस त, आवाज कति कर्कश छ ?
गुण्डुबाट निस्किएका आवाज ।
सानेपाबाट निस्किएका आवाज ।
बुढानिलकण्ठबाट निस्किएका आवाज ।
ती दिक्कलाग्दा तर सबैलाई आश्चार्य चकित पार्ने आवाजहरू ।
तिनले अहिले भनिरहेका छन् गिरिबन्धुकाण्ड मेरै हो ।
तिनले भनिरहेछन् भुटानी सरणार्थी काण्ड मेरै हो ।
वाइडबडी जहाज काण्ड मेरै हो ।
वालुवाटार र टिकापुर जग्गा काण्ड मेरै हो ।
सुन काण्ड मेरै हो ।
आन्दोलनमा जलेका पैसा मेरै हुन् ।
वाउ, सके त !
चुप लाग्नु नि एकछिन् त !
आगाको ज्वालो मर्न त दिनु नि हउ !
जेन्जीको रगतको टाटो सुक्न त दिनु नि हउ !
अहिल्यै सबै कुरामा निहुँ खोज्नु ? आपैmले नियुक्ति गरेका आप्mनै दलको कोटाबाट आएका मान्छे छन् भन्दैमा अदालत गुहारिहाल्नु ? जुलुश निकाली हाल्नु ? आइ लभ यु भन्न लागाइहाल्नु ? हैट !
यी सबै पो को कथाका न्यारेटर भए जसले खतरनाक लुकाएको पाप आपैmले कबोल गर्छन् ।
म अहिले यी जुलुश निकाल्ने नेताहरूमा यो कथाको न्यारेटर (कथा भन्ने मान्छे) देखिरहेको छु । त्यही पात्र बोलिरहेको देख्दै छु । तिनका दिमागले छिटो छिटो आप्mनो पाप कबोल गरिरहेको छ ।
तिनको पाप धुरीबाट कराएको होइन, तिनकै मुखबाट कराइरहेको छ ।
पाप धुरीबाट होइन, स्वयं व्यत्तिको मुखबाट कराउँछ ।
नपत्याए मिडियामा सुन्नु, हेर्नु र पढ्नु त भरे बेलुका दुई घण्टा । ती सबै पो को कथाको न्यारेटर जस्तै देखिन्छन् । र त्यस्तै लाग्छन् । – दमक