म्रोजेकको कथाका पात्र हामी
पोल्याण्डका लेखक स्लोमिर म्रोजेकले लेखेको एउटा कथाको प्रसंगबाट आजको उठान गर्ने जमर्को गरें । उक्त कथाको शीर्षक हो ‘द एलिफेन्ट’ (हात्ती) । यसको कथा यस्तो छः
पोल्यान्डको एउटा प्रान्तीय सहरको चिडियाखानाको निर्देशकलाई जनावरमा कुनै चासो छैन; उसको ध्यान केवल आफ्नो करियरमा मात्र केन्द्रित छ । चिडियाखानामा भएको जिराफको घाँटी छोटो छ, बिजुली मुसोको बिल छैन, र त्यहाँ सबैभन्दा रोचक त हात्ती नै छैनन् ।
यसैबीच सरकारले चिडियाखानालाई एउटा हात्ती उपलब्ध गराउने प्रस्ताव गर्छ । तर त्यसको निर्देशक आनाकानी गर्छ । ऊ पैसा बचाउन र पचाउन रबरको फुलाउने हात्ती बनाएर “हावा भरेर बारको पछाडि राखिदिने” भन्छ । हात्ती सामान्यतया धेरै नचल्ने भएकाले मानिसहरूले यो जीवित होइन भन्ने थाहा पाउने छैनन् । सोही व्यहोराको उसको पत्र एउटा सरकारी “निर्दयी अधिकारी” समक्ष पुग्छ, र ऊ यस योजनामा सहमत हुन्छ । त्यसपछि निर्देशकले दुई जना चिडियाखाना कर्मचारीलाई राति गोप्य रूपमा ताल्चा लगाइएको गोदामभित्र रबरको हात्ती बनाउन लगाउँछ ।
अन्ततः कर्मचारीहरू रबरको हात्ती रातभर बनाउँदा र त्यसलाई फुलाउँदा थकित हुन्छन्, तर फुल्दैन । केही बेर आराम गर्छन् । आरामकै क्रममा उनीहरूले ग्यासको पाइप देख्छन् र त्यसबाट हात्ती भर्न थाल्छन्, केही मिनेटमै हात्ती पुरै फुल्छ । हात्ती ठूलो र वास्तविक देखिन्छ । कर्मचारीहरू सन्तुष्ट भएर घर फर्कन्छन्, तर यसमा ग्यास भरिएको तथ्य कसैलाई बताउँदैनन्, न त त्यसका सम्भावित परिणामबारे सोच्दछन् ।
भोलिपल्ट बिहान, निर्देशकले हात्तीलाई बाँदरको पिंजडा छेउमा, चिडियाखानाको केन्द्रमा राख्न लगाउँछ । बारमा एउटा पाटी टाँसिएको हुन्छः “विशेष गरी सुस्त । झन्डै नचल्ने ।” चिडियाखानामा पहिलो दर्शकमध्ये स्थानीय विद्यालयका शिक्षक आफ्नो विद्यार्थीहरूसहित आउँछन् । उनीहरू हात्तीको पिंजडाको अगाडि उभिन्छन् र शिक्षकले हात्तीबारे व्याख्यान दिन थाल्छन् ः हात्ती म्यामोथको सीधा वंशज हो र “सबैभन्दा ठूलो थल जनावर” हो । यसो तौल “नौ देखि तेह्र हजार पाउन्ड” हुन्छ, । यसैबीच एकाएक आएको हावाको झोक्काले हात्तीलाई जमिनबाट उडाउन थाल्छ । यसले बालबालिकालाई शिक्षकका शब्द र आफ्नै आँखाले देखेको दृश्यबीच ठुलो विरोधाभास देखाउँछ । हात्ती केही क्षण काँप्छ र केही सेकेन्ड हावामा उडेर रूखका टुप्पा टुप्पा पुग्छ र केहीबेर अडिन्छ । हात्ती उडेको देखेर विद्यार्थीहरू निराश हुन्छन् । त्यसपछि हात्ती क्याक्टसको काँडामा झर्छ र पंचर हुन्छ । हात्ती जम्मा एक मुठो रबरमा रूपान्तरित हुन्छ । बिद्यार्थीहरू रिसले चूर भएर रक्सी खान थाल्छन्, सिसा फुटाउँछन् र अन्ततः “हात्तीमा विश्वास नै नगर्ने” बन्छन् ।
यो कथाले हाम्रो यो समयको सत्यता भनिरहेको छ । हाम्रो जेनजी आन्दोलनलाई धेरै नेपालीहरूले ‘रियल हात्ती’ ठानेका थिए । तर बिस्तारै त्यो हात्ती सेना मार्पmत सितल निवास हुँदै दुतावासहरू हुँदै दलका नेताका घर हुँदै उड्न थाल्यो । सबै अचम्मित परे । जव प्रधानमन्त्रीले ‘संसदकै चुनाव गराउने’ भनेर बक्तव्य दिनुभयो, त्यो हात्ती त त्यही पत्रकार सम्मेलन स्थलमा खसेर पंचर भयो ।
कसरी त्यो होइन, यो हात्ती पङ्चर भयो ?
मानवीय तथा आर्थिक क्षति
यतिधेरैले ज्यान गुमाए, कयौं घाइतेहरू अभैm रगतमा लतपतिहरहेका छन् । प्रतिक्रान्ती सुरू गर्दैछन् । अशान्तिले सार्वजनिक तथा निजी सम्पत्ति नष्ट ग¥यो, लगानीकर्ताको विश्वास गुम्यो, व्यवसाय अवरुद्ध भए, पूर्वाधार, पर्यटन आदिमा ठुला धक्का लागे । केही अनुमानहरूले भन्छन्, देशको जीडीपीमा केही प्रतिशतसम्म गिरावट वा क्षति भएको छ । यसले पुनःस्थापना कठिन बनाएको छ ।
नाजुक राजनीतिक उपलब्धिहरू
सरकार परिवर्तन भयो, आन्दोलनले केही सम्झौताहरू पनि ल्यायो, तर नयाँ नेतृत्व वा अन्तरिम सरकारले सबै मागहरू(जस्तै भ्रष्टाचार अन्त्य, जवाफदेहिता सुनिश्चित, संस्थागत सुधार(पूरा गर्ने ग्यारेन्टी छैन । संविधान यो परिवर्तनको सबैभन्दा ठूलो बाधक बनेको छ । यसमा टेकेर अघि बढ्दा उही पहिलेकै ठाउँमा पुगिन्छ । त्यो भनेको कांग्रेस कम्युनिष्टहरूको बहुमतको सरकार । तिनै प्रशिक्षितहरू (युवा भनिएपनि प्रशिक्षणले तीनको चरित्र बूढा नेताको भन्दा फरक बनेको छैन) राज्य सञ्चालनमा हुनेछन् । राजनीतिक अभिजात वर्ग अझै गहिरो जरा गाडेर बसेका छन्; केही कमजोर भए पनि अझै शक्तिशाली छन् । हिजो सरकारमा बस्नेहरू पछुताउनुको सट्टा झन् ठूलो आवाज गरेर ‘पानीमाथिको ओभानो’ भइरहेका छन् ।
एकीकृत नेतृत्व र स्पष्ट कार्यसूचीको अभाव
आन्दोलन व्यापक रूपमा लोकप्रिय छ, विशेष गरी जेन जेड युवामाझ, तर यसमा केन्द्रीकृत वा औपचारिक नेतृत्व छैन (जसले बल पनि दिन्छ, कमजोरी पनि ल्याउँछ)। “सोसल मिडिया बन्द हुन हुँदैन,” “भ्रष्टाचार अन्त्य,” “जवाफदेहिता” जस्ता मागबाहेक कुन ठ्याक्कै संस्थागत सुधार चाहिएको हो, कसरी कार्यान्वयन गर्ने, शक्ति संक्रमण कसरी गर्ने भन्नेमा स्पष्टता कम छ । यस अस्पष्टताले अभिजात वर्गलाई सुधार ढिलो गर्न वा आफ्नो पक्षमा मोड्न सजिलो बनाउन बनाइरहको छ ।
प्रतिक्रिया, जडता वा सतही परिवर्तनको जोखिम
यदि यही संसदको निर्वाचन भए पनि पुराना अभिजात वर्गकै हातमा शक्ति रहने पक्का छ । ती गठबन्धन गरेर आउनेछन् र संसद तिनकै कब्जामा रहनेछ । प्रधानमन्त्री तिनकै हुनेछन् । राज्यसंयन्त्रहरू तिनकै नियन्त्रणमा हुनेछन् । कानुन तिनैले बनाउने छन्, कार्यान्वयन तिनैले गर्नेछन् । त्यही ढाँचाहरू (भ्रष्टाचार, नातावाद) पुनः फर्किनेछन् । राज्यसँग अझै बल प्रयोग गर्ने शक्ति हुनेछ, धेरै संस्थाहरू असंशोधित छन् ।
अन्तर्राष्ट्रिय र संस्थागत सीमा
नेपाल वैदेशिक लगानी, विप्रेषण, अन्तर्राष्ट्रिय व्यापार, सहयोग आदिमाथि धेरै निर्भर छ । राजनीतिक अस्थिरताले यी सबै प्रभावित गर्छ । साथै कानुनी र संवैधानिक सीमा, अन्तर्राष्ट्रिय ध्यान र भू–राजनीतिक दबाब
(छिमेकी ठूला राष्ट्र, क्षेत्रीय समीकरण) ले सुधारको सीमा निर्धारण गर्न सक्छ । यी बाह्य दबाबले कहिले सुधारलाई अगाडि बढाउन सक्छ, त कहिले अभिजात वर्गलाई अझै कठोर बनाउन सक्छ ।
प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको माग
आन्दोलनको परिणाम संवैधानिक द्वन्द्वमा परिणत भएको छ, किनभने उनीहरूको माग र रणनीतिहरू हालको संवैधानिक ढाँचासँग धेरै तरिकामा बिपरित छन् ।
नेपालको संविधान (२०७२) ले संसदीय प्रणालीको व्यवस्था गरेको छ, जहाँ प्रधानमन्त्री प्रतिनिधिसभामा बहुमतले चयन गर्छ । तर आन्दोलनको म्यान्डेट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको माग छ ।
यस मागलाई पूरा गर्न कार्यपालिका, विधायिका र न्यायपालिकाबीचको शक्ति सन्तुलन परिवर्तन हुने गरी ठूला संवैधानिक संशोधनहरू आवश्यक पर्छ । अनि संविधान संशोधन संसदको दुइतिहाइले मात्रै गर्न सक्छ । जुन कुरा संभवनै छैन, किनभने संसदमा जेन्जीहरू दुइतिहाइमा कुनै हालतमा पुग्दैनन् । घुमिफिरि रूम्जाटार हो त यो आन्दोलनको उद्देश्य ?
अनि त्यसबेला आन्दोलनकै सहायताले मात्रै यो संविधान फालिन्छ र अर्को अंतरिम संविधानले मात्रै प्रत्यक्ष निर्वाचित कार्यकारीको चुनाउ गराउन सक्छ ।
हिंसा र अस्थिरताको जोखिम
यदि माग अत्यन्त छिट्टै पूरा भयो भने २०७२ को संविधानले ल्याएको नाजुक राजनीतिक सहमति नै खारेज हुन्छ र नयाँ शिराबाट देशको निकास हुन्छ । एक तिहाइभन्दा बढी जनताले अस्वीकृत गरेको संविधानले निम्त्याएको हो यो अवस्था । र त्यो अभैm बाँकी देखिन्छ । तिहारपछि यस्तै जो्खिम देखिँदै छ । सेना अलर्टमा छ भन्ने समाचार आइरहेका छन् । यसले के देखाउँछ भने, प्रधानमन्त्री शुशीला कार्कीको अस्तिको संबोधनले उहाँकै अगाडी जेन्जी आन्दोलनको ‘उपलब्धी’ भनिएको ‘रियल हात्ती’ ड्याम्मै झरेर नराम्रोसंग ‘पङ्चर’ भयो । अब जेन्जीहरूले ‘रियल हात्ती’ कसरी ल्याउँछन्, हेर्न बाँकी छ ।

Author

You may also like