:– बाबुराम क्षेत्री –:

दमक / दशैं सुरु भएको नवरथाको सातौँ दिन सोमबार नेपालीहरुले हर्षेल्लासकासाथ पूजा कोठा तथा दशैंघरमा फूलपाती भित्र्याएर आज महाअष्ठमीको तयारी गरिँदैछ। देशभरका तीन तहका सरकार प्रमुखहरुले निकै म हत्व दिएर आ–आफ्नो स्थानमा फुलपाती हर्षबढाईका साथ भित्र्याउने प्रचलन अनुसार अहिलेको विषम परिस्थितिको मध्यनजर गर्दै फुलपाती भित्र्याएका छन् ।
दमक १ कृष्ण मन्दिर छेउमा बनाइएको दशैंघरको मण्डपमा फुलपाती भित्र्याइएको छ । दुरसञ्चार कार्यालय नजिकमा रहेको बृक्षबाट फूलपाती डोलीमा बोकेर नगरपरिक्रमासहित भित्र्याइएको हो । पञ्चेबाजा, पाँचकन्या, ब्रम्हाकुमारी राजयोगका अभियन्ताहरु, विभिन्न सामाजिक संघसंस्था, सामाजिक व्यक्तित्व, धार्मिक व्यक्तित्व, सशस्त्र प्रहरी, नेपाल प्रहरी र सर्वसाधारण भक्तजनहरुको सहभागितामा नगरपरिक्रमा गरेर उक्त दशैंघरमा फूलपाती भित्र्याइएको छ । सो अवसरमा आयोजित औपचारिक कार्यक्रमबाट दुर्गा मुर्ति अनावरण समेत गरिएको छ ।


दमक नगरपालिका नगरप्रमुख रामकुमार थापाको प्रमुख आतिथ्यतामा आयोजित सो कार्यक्रममा विशिष्ठ अतिथि उपप्रमुख रेगिना भट्टराई प्रसाई रहेका थिए । पारसमणी आचार्यको अध्यक्षतामा आयोजित सो कार्यक्रममा उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाई, प्रकाश ब्ढाथोकी दमक रेडक्रस, उमाकान्त आचार्य निम्स अस्पताल, प्रकाश प्रसाई सल्लाहकार, दउवा संघ वरिष्ठ उपाध्यक्ष राजु खड्का, बुद्धिसागर (बिमल) बराल, स्वर्ण लक्ष्मी साकोस अध्यक्ष, टिकाराज सापकोटा सूर्यदर्शन साकोस अध्यक्ष, वडाअध्यक्षहरु भीम पौडेल, टेकबहादुर थापा, रथयात्रा संयोजक रोहति आचार्य, दुर्गा मन्दिर अध्यक्ष मञ्जु आचार्य, अजय अग्रवाल, संरक्षक, अशोक चौधरी सल्लाहकार, गणेश गौतम जीवनचक्र समाज अध्यक्षलगायत विभिन्न धार्मिक, सामाजिक व्यक्तित्व, जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधिहरुलगायत सामाजिक व्यक्तित्वहरुको आतिथ्यतामा स्थानीय भक्तजनको उपस्थिति रहेको दुर्गा पुजा व्यवस्थापन समितिका
अध्यक्ष पारशमणी आचार्यले जानकारी गराए ।
सो कार्यक्रममा दमकको युथ क्लबको रजत महोत्सवको अवसरमा दुर्गा पुजालाई २५ वर्षसम्म ल्याइपु¥याउन सहयोग पु¥याउने दातादेखि सो क्लबका पूर्व खेलाडी, सहयोगी दाताहरुलाई पनि प्रमुख अतिथि तथा विशिष्ट अतिथिहरुले सम्मान गरेका आचार्यले सुनाए ।
सो मन्दिरमा स्थानीयले सामुहिक जमरा राखेका छन् । न्यौपानेले सो मन्दिर परिसरमा हरेक दिन रातिसम्म नै धार्मिक कार्यक्रम हुँदै आएको पनि बताए । उनका अनुसार सो दुर्गा पूजा मण्डपमा हरेक दिन तीन जना गुरुहरुबाट महाआरती (गंगा आरती) हुँदै आएको छ भने भिजिया नृत्य, धुपी नृत्यले भक्तजनलाई मनोरञ्जन प्रदान गरिरहेको उनले बताए । उक्त नृत्यमा प्रथम, द्वितीय र तृतीय हुनेहरुलाई पुरस्कार प्रदान गरिँदै आएको छ ।
यसैगरी काठमाडौंको टुंडिखेलमा भव्य र विशाल कार्यक्रमका साथ फुलपाती भित्र्याउने गरिन्छ । हेलिकप्टरबाट पुष्पवृष्टि गरेर फुलपातीको हर्षबढाई गरिएको छ । देशभरमा जहाँ जहाँ रहेपनि तीन वटै सुरक्षा निकायबाट फुलपातीको हर्षबढाईमा सरिक हुने सलामी दिने गरिन्छ ।
देशभर दुर्गा पुजा मण्डप बनाएर पुजाआजा गर्ने, भजनकिर्तन गरेर भगवानप्रति भक्तिभाव देखाउने आधार तयार भएका छन् । फूलपाती स्वरूप केरा, दाडिम, धान, हलेदो, मानवृक्ष, कवि, बेल, अशोक र जयन्ती नाम गरिएका नवपत्रलाई पूजा गरी दुर्गा पूजा गरेको ठाउँमा फुलपाती भित्याउने चलन छ ।
दसैँको पहिलो दिन जस्तै सप्तमी, अष्टमी, नवमी एवम् दशमी तिथिको विशेष महत्व हुने शास्त्रीय मान्यता अनुसार फूलपातीको आफ्नै विशिष्ट महत्व रहेको र दसैँका लागि पूजा सामग्री स्वरूप फूलपाती भित्र्याउने कार्य गरिन्छ । कृषकहरु यस दिन खेतमा गई चन्दन, अक्षता र फूलले धानको पूजा गरी धानका बाला र बोट घरमा भित्र्याउने गर्छन् ।
काललाई पनि भगवती दुर्गाले नष्ट गरिदिने मान्यताकासाथ नव दुर्गामध्ये सातौँ दिन कालरात्री देवीको विधिपूर्वक पूजा आराधना गर्दै फुलपाती भित्र्याउने गरिन्छ । इतिहास बनेको गोरखा दरबारस्थित दशैंघरबाट काठमाडौँको हनुमानढोका दरबारमा फूलपातीसहितको डोली भित्र्यान्छ ।
यसैबीच, राष्टूपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा सैनिक मञ्च टुँडिखेलमा अपराह्न फूलपाती बढाइँ समारोह सम्पन्न गरिएको छ । नेपाली सेनाको परमाधिपतिको हैसियतमा नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद् देवी भागवतलगायत देवी स्तोत्र पाठसमेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन् । नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । यसरी १५ दिनसम्म नेपालीले बडादशैैँ पर्व मनाउँछन् ।

Author

You may also like