दमक । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । सोमबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हो ।
बोर्डका अनुसार परीक्षामा सहभागीमध्ये ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । गत वर्ष ५२ प्रतिशत विद्यार्थी मात्र उत्तीर्ण भएका थिए । अङ्ग्रेजी, लेखा, सामाजिक र नेपालीमा धेरै विधार्थी फेल(ननग्रेड) भएको बोर्डका अध्यक्ष महाश्रम शर्माले बताए । यस पटक नतिजा राष्ट्रिय परीक्षा बोर्ड र नेपाल टेलिकमको वेबसाइटबाट हेर्न सकिने व्यवस्था मिलाइएको छ ।
वैशाखमा देशभर सञ्चालित कक्षा १२ को परीक्षामा ५ लाख ११ हजार परीक्षार्थी सहभागी थिए । नियमिततर्फ ३ लाख ९५ हजार र आंशिक १ लाख १५ हजार परीक्षार्थी छन् । ५ हजार २ सय २ विद्यालयका विद्यार्थीलाई कक्षा १२ को परीक्षा दिन १ हजार ५ सय ९१ परीक्षा केन्द्र तोकिएको थियो । जसमध्ये जापानस्थित एभरेस्ट स्कुलबाट ३८ जना विद्यार्थी पनि परीक्षामा सहभागी थिए । ७७ जिल्लामध्ये थोरै मनाङबाट ४५ जना र काठमाडौंबाट ६८ हजारले परीक्षा दिएका थिए । मनाङ÷मुस्ताङमा १÷१ वटा र काठमाडौंमा सबैभन्दा धेरै १ सय ६२ वटा केन्द्रमा परीक्षा सञ्चालन भएको थियो ।
नेपाल शिक्षक महासंघको शैक्षिक हडतालसहितको काठमाडौं केन्द्रित सडक आन्दोलनले वैशाख ११ गतेदेखि तोकिएको परीक्षा १० दिन पछाडि सरेको थियो । जेठ २ गते परीक्षा सकिएपछि उत्तरपुस्तिका परीक्षण लगायतको काम सुरु भएको थियो । प्रत्येक विषयमा
कक्षा १२…सैद्धान्तिकतर्फ न्यूनतम ३५ प्रतिशत अंक नल्याए विद्यार्थी नतिजा प्रकाशनमा ननग्रेडिङ हुने लेटर ग्रेडिङ निर्देशिका २०७८ ले व्यवस्था गरेको छ । यसैगरी, कक्षा १२ को ग्रेडवृद्धि परीक्षा भदौ २८ र २९ गते हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले दुई विषयसम्म ननग्रेड हुने विद्यार्थी ग्रेडवृद्धिको परीक्षामा सहभागी हुन पाउने जनाएको छ । सैद्धान्तिकतर्फ अन्य सबै विषयमा ’डी’ वा सोभन्दा माथिल्लो ग्रेड प्राप्त गरी बढीमा कुनै दुई विषयमा ननग्रेड प्राप्त गर्ने वा बढीमा दुई विषयमा अनुपस्थित परीक्षार्थीले मौका परीक्षा दिन पाउने बोर्डले जनाएको छ । बोर्डका अनुसार यस पटक ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । गत वर्ष ५२ प्रतिशत विद्यार्थी मात्र उत्तीर्ण भएका थिए । यस वर्ष अङ्ग्रेजी, लेखा, सामाजिक र नेपालीमा धेरै विधार्थी फेल (ननग्रेड) भएको अध्यक्ष महाश्रम शर्माले बताए ।