देश–समाज समाचार स्थानीय

उद्यम विकासको स्थापना दिवसमा रक्तदान

दमक । झापाको दमकमा सञ्चालित उद्यम विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेडले १७ स्थापना दिवसका अवसरमा खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।
‘मर्यादित सहकारी ः समुन्नत समाज’ मूल नाराका साथ झापाको दमक–६ मा सञ्चालित उक्त साकोसले सामाजिक उत्तरदायित्व वहन गर्ने क्रममा सामाजिक अभियानका गतिविधि गर्दै आएको छ । सोही क्रममा शनिबार साकोसको प्राङ्गणमा रक्तदान कार्यक्रम आयोजना गरेको हो ।


संस्थाकी अध्यक्ष चन्द्रकुमारी भट्टराईको प्रमुख आतिथ्यता तथा कार्यक्रम संयोजक विरेन्द्र पोखरेलको अध्यक्षतामा सो कार्यक्रम आयोजना भएको हो । सो रक्तदानमा १० महिलासहित ३० जना रक्तदाताले रक्तदान गरेका थिए । संस्थाको १७ औं स्थापना दिवसको अवसरमा पानसमा बत्ति बालेर प्रमुख अतिथि भट्टराईलगायत अतिथि गणबाट उद्घाटन गरिएको थियो भने पहिलो रक्तदाता बालकृष्ण श्रेष्ठलाई रगत संकलन हुने प्याकेट दिएर सुरु गरिएको थियो ।

रेडक्रस सोसाइटी दमक शाखाको प्राविधिक सहयोगमा सो रक्तदान कार्यक्रम सम्पन्न भएको हो । संस्थाका उपाध्यक्ष रणबहाद्र बराईली, पर्शुराम रिजाललगायत संस्थाका विभिन्न तह र तप्काका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति सो कार्यक्रममा रहेको थियो । सो रक्तदान कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा संस्थाकी अध्यक्ष भट्टराईले हरेक वर्ष विभिन्न सामाजिक अभियानका काम गर्दै आएको बताईन । कार्यक्रम सञ्चालन कार्यक्रम सञ्चालक ः सञ्चालक समिति सदस्य, पदम बरालले गरेका थिए ।

Author

You may also like