देश–समाज राजनीति समाचार स्थानीय

दमकमा रास्वपाको हस्ताक्षर कार्यक्रममा प्रहरी हस्तक्षेप

दमक/ प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यक्रम रहेको झापाको दमकमा प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यक्रममा हस्तक्षेप गरेको छ । रास्वपाले दमकको क्याम्पस मोडमा हस्ताक्षर संकलन कार्यक्रम संचालन गरिरहेको ठाउँमा प्रहरीले हस्तक्षेप गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको सवारी चलिरहेकाले माइक नबजाउनु भनेर प्रहरीले संझाउँदा नमानेपछि प्रहरीले साउन्ड सिस्टम फुटाइदिएको हो । आफूहरुको हस्ताक्षर अभियान निरन्तर चलिरहेकाले त्यसलाई नरोक्ने भन्दा प्रहरीले माइक्रोफोन फुटाइदिएको र पेनड्राइभ खोसेर लिएर गएको रास्वपा क्षेत्रीय सभापति भेषराज भट्टराईले बताए ।
प्रहरीले आफूहरुको कार्यक्रममा गरेको हस्तक्षेप निन्दनीय भएको उनको भनाई छ । पार्टी सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधिएको भन्दै त्यसविरुद्ध जनसमर्थन जुटाउन रास्वपाले हस्ताक्षर संकलन अभियान संचालन गरिरहेको छ । सो हस्ताक्षर अभियानमा देशभर १५ लाख बढीले हस्ताक्षर गरिसकेका छन् ।

Author

You may also like