देश–समाज स्थानीय स्वास्थ्य

भोजपुरदेखि दमकसम्म चन्द्रप्रसाद पोखरेलको राजनीतिक तथा सामाजिक यात्रा

भोजपुरका शैेक्षिक नक्षत्र, समाजसेवी अबाल ब्रम्हाचारी बालगुरु षडानन्दका शिष्य अर्थात विद्यार्थी चन्द्रप्रसाद पोखरेल यतिखेर झापाको दमकमा जीवनको उत्तराद्र्धमा छन् । बालगुरुलाई सम्झँदै उनी भन्छन– ज्ञान, बुद्धि धेरै दिने, शान्त स्वभाव, नबोल्ने कुनै निर्णय दिँदा काठमा लेखिदिने उहाँको बानी रहेको र भक्तहरु पनि मेहनती, लगनशील, ज्ञानी, विवेकी र आदर्शवान थिए ।
भोजपुरको कुलुङ डाँडागाउँ वडा नं. २ अग्राखेमा १९९९ माघ २२ गते पिता मनोरथ पोखरेल तथा माता कौशिला पोखेलको कोखबाट कान्छो छोराको रुपमा जन्म भएको थियो । भोजपुरमै बाल्यकाल गुजारेका पोखरेलले ३ महिना बालगुरु षडानन्दसँग संस्कृतिको ज्ञान लिएका थिए । ३ दाजुभाई तथा ५ दिदीबहिनीका धनी पोखरेलले चन्द्रकुमारी धिमालसँग ७ वर्षको उमेरमै २००५ सालमै वैवाहिक बन्धनमा बाँधिएपछि १ छोरा र ५ छोरीका अभिभावक बनेका छन् । भोजपुरमै रहँदादेखि सामाजिक कामदेखि नेपाली कांग्रेसको राजनीतिमा आकर्षित भएका उनका राजनीतिक गुरु भोजपुरका कोइराला परिवार थिए । उनले भोजपुरमा बालगुरु षडानन्दको शिष्यको नाताले वीरेन्द्र माविको निर्माण कार्यमा योगदान पु¥याएको बताउँछन् । उक्त विद्यालयको निर्माण समितिमा रहेर योगदान पु¥याएका थिए । उनले उक्त विद्यालयको निर्माण मात्र गरेनन् आफुले कमाई गरेर खाने खेत नै दान समेत दिए । त्यसै गरी आफैले निर्माण गरेको अग्राखेको शंखेश्वर महादेव शिवालयलाई पनि मध्यम खालको खेत दान दिएका छन् ।


त्यसो त सरकारले त्यसबेला उठाउने कर धर्म ढिकुटीमार्फत धान, जग्गा उठाउने काममा पनि उनलाई खटाइएको थियो । धनीबाट धर्म ढिकुटी संकलन गर्ने र केही सरकारलाई पठाएर बाँकी गरिबहरुलाई बाँड्ने गरेको स्मरण गर्छन । २०१४ सालमा ठूलो भोकमरी अनिकाल लागेको बेला सरकारले दिएको जिम्मेवारी गरिबका निम्ति महत्वपूर्ण योगदान पुगेको उनी स्मरण गर्छन । आफ्नो गरिखानेप्रतिको दयालु भाव प्रकट गर्दै भन्छन–२०१९ मा भोजपुरको लेगुवाको पुल भत्काउने आदेश आएको थियो । त्यो पुल भत्काउने नेतृत्व लिएर त्यो पुलमा पुगियो तर त्यहाँ गरिखाने ढाक्रेहरु दोहोरो हिंडेको देखेपछि त्यो पुल भत्काउन मन नलागेर उसो अलि अलि छेउकुना भत्काए झै गरेर फर्किएको त्यो काम निकै सन्तुष्टिको रहेके उनी सम्झन्छन ।
राजनीतिक क्षेत्रबाट कुलुङ गाविस वार्ड नं. २ को वडाअध्यक्ष हुँदै उपाध्यक्षसमेत भए । कुलुङको मुखिया समेत भएकाले ठुलाठालु आउँदा बस्ने थलो नै आफ्नो घर भएको उनी सम्झन्छन । उनी तत्कालिन राष्ट्रिय पञ्चायतमा भोजपुरका नेताहरु डम्बरबहादुर बस्नेत, मक्कर बहादुर वान्तवा राई, मुकुन्द बहादुर बस्नेत, केवल बस्नेतसँग निर्वाचन पनि लडेका हुन । अहिलेसम्म पार्टीमा अनवरत रुपमा लागिरहेका पोखरेल अहिलेको नेतृत्वप्रति सन्तुष्ट छैनन । बीपीले प्रतिपादन गरेका नीति, विचार र सिद्धान्त छोडेर परिवारवाद, नातावादमा दल लिप्त भएर द्रव्य मोहमा धेरै नेताहरु डुबिसकेको उनी बताउँछन् । अहिलेको राजनीति नेतृत्व काम भन्दा गफ ठुला, चर्का भाषण, ठगी बढी प्रचलन अहिलेको नेतृत्वपंक्तिमा देखिएको उनको बुझाई छ । झापा क्षेत्र नं. ५ को क्षेत्रिय सदस्यसम्म भएका उनी जिम्मेवारीमा पनि नेताहरुले झुक्याउने गरेको बताउँछन । २०७४ सालमा आफुसहित महेन्दा सुब्बा, पूर्णानन्द शर्मालगायतको समानुपातिमा नाम स्थानीय, क्षेत्रिय, जिल्ला हुँदै केन्द्रले समेत अनुमोदन गरेको तर कम्प्युटरमा इन्ट्रि गर्दा त्यो फाइल नै गायव बनाएको इतिहास साह्रै नमिठो लागेको उनी बताउँछन् ।
जब छोरा काठमाडौं पढ्न पठाइयो त्यसपछि छोरालाई बजारको संगतले छोए पछि गाउँमा नबस्ने सहर बजारमै केही गर्ने अठोट गरेपछि झापाको गौरादह महारानी झोडा स्कुलचौनमा जग्गा खरिद गरेर भरियालाई सामान बोकाएर २०३८ सालमा आफ्नो थाकथलो छोडेर बसाई सरेको उनी बताउँछन । आमाको निम्ति अस्पताल नजिक हुनुपर्ने कारणले दमकमा पनि घरजग्गा खरिद गरेको र गौरादहमा दुई तिरै बसाई भएको उनी बताउँछन् । गौरादहको स्कुलचौनमा रहेको स्कुलचौन विद्यालयलाई पनि भोजपुरमा झै स्तरोन्नति र पुर्ननिर्माणमा योगदान दिएको सम्झन्छन ।
सानीमा, ठुलीआमा सन्यासी भएको कारणले आमा पनि सन्यासी बन्नुभो । आमाको उपचारकै लागि दमक –७ स्थित पशुहाटमा आमाको सहजताको लागि गौरादहबाट बसाई सरियो । दमकमा आएपछि पनि आफ्नो सामाजिक अभियानलाई निरन्तरता दिने काम गरियो । दमक रेडक्रस भवन निर्माणमा समितिमै रहेर सहयोग पु¥याएको उनी बताउँछन । पृथ्वी निमावी डुबान ठाउँमा रहेको बेला २ वटा भवन निर्माण, राधाकृष्ण मन्दिरलाई पुननिर्माण गर्न उपाध्यक्षको हैसियतबाट योगदान पु¥याएका थिएँ । यसैगरी देवी मन्दिरको पनि जिर्णोदार गर्न उत्तिकै योगदान गरेका उनी पारिवारिक गर्जो टार्नको लागि ठेक्कापट्टाको काम पनि गरेर हिंड्ने गरेको सुनाउँछन् ।
दमकमा एकताको खाँचो रहेको उनी औंल्याउँछन् । त्यो एकता नभएको कारण अझै धेरै विकास निर्माणका कामहरु गर्न बाँकी रहेको उनको बुझाई छ । जहाँ जसले बृद्धबृद्धाका अनुभवबाट प्राप्त ज्ञानलाई कार्यान्वयन गर्न सके धेरै हदसम्म विकृति र विसंगति हटेर जाने पनि बताउँछन् । उनी बढी दलित वर्गलाई सम्झन्छन । उनीहरुको हकहितका निम्ति तलदेखि नै जिविकोपार्जन र समृद्धिमा जोड्न सुझाव दिन्छन । उनी राजनीतिक रुपमा कांग्रेसले ठाउँ छोडिसकेको र अबका नेतृत्व तिनैबाट प्रशिक्षित भएर आउने भएकाले बीपीको सपना अनुसारको नेतृत्व आउनेमा आशा र विश्वास टुटेको बताउँछन् । उनले जीवनमा गरेका योगदानबाट विभिन्न स्थानबाट सम्मानित भएका छन् ।

Author

You may also like