देश–समाज सम्पादकीय

दक्ष र शिक्षितको रोजाईमा वैदेशिक रोजगार

शिक्षित र दक्ष व्यक्तिहरु वैदेशिक रोजगारमा जाँदा नेपालका हरेक क्षेत्रबाट चासो र चिन्ता व्यक्त गरिएको छ । शीप नबोकी विदेशी भूमिमा कामको खोजीमा पुगेका नेपालका लागि गाउँबस्ति त उजाडिएको थियो नै अब शिक्षित र दक्ष व्यक्तिहरु पनि विदेशी भूमिमा रोजगारीका लागि जाँदै गर्दा सहर पनि कुन बेला रित्तिने हो भन्ने चिन्ता बढेको छ । विदेशी खास गरेर भारतीयहरु नेपालीको आँखामा नपरेका व्यापार व्यवसाय गर्न नेपाल छिरेर करोडौं लिएर गइरहेको सन्दर्भमा नेपालका शिक्षित र दक्ष व्यक्तिहरु विभिन्न मुलुक रोजगारीका लागि जाँदै गर्दा नेपालमा त्यस विषयप्रतिको चिन्ता र चासो गहिरिँदै गएको हो । हुँदा हुँदै वैदेशिक रोजगारको अग्रभावमा नर्सिङ पेशासमेत परेको छ । प्राविधिक जनशक्तिलाई देशभित्रै प्रयोग गर्न नसक्दा दक्ष र शिक्षित जनशक्ति बाहिरने क्रम बढेको देखिन्छ ।
त्यसैपनि वैदेशिक रोजगारीले देश चलाउन रेमिट्यान्सको भर भनेर एकातिर खुशी मनाउँदै गर्दा त्यो रेमिट्यान्सले देशको करेन्सीको भ्याल्लु घटाएको मात्र छैन । गाउँघर रित्तिएर हरेक घरमा बृद्धबृद्धा मात्र बाँकी रहेको अवस्था छ । गाउँहरु उजाड बनेका छन् । उत्पादनमूलक जग्गाहरु जंगल बनेका छन् । यो परिस्थितिमा पुनः दक्ष र शिक्षित व्यक्ति पनि विदेशिन थालेपछिको अवस्थाको आँकलन निकै दुःखदायी छ ।
वैदेशिक रोजगारीमा दक्ष भएर जाने श्रमिकको संख्या क्रमशः बढेको सरकारी तथ्याङ्क नै सार्वजनिक भएको छ रु। पछिल्लो तीन आर्थिक वर्षको तथ्याङ्क अनुसार दक्ष भएर वैदेशिक रोजगारीमा जानेको संख्या क्रमशः बढेको देखिएको होरु। वैदेशिक रोजगार विभागका अनुसार आव २०७८÷७९ मा ४६ प्रतिशत दक्ष कामदार वैदेशिक रोजगारीमा गएकोमा गत आवमा बढेर ७२ प्रतिशत नेपाली श्रमिक दक्ष भएर विदेश गएका छन्। पछिल्ला वर्षमा शिक्षित र तालिम लिएका युवा विदेश जाँदा पनि सिप परीक्षण गरेर जाने प्रवृत्तिको विकास भएको छ ।
वैदेशिक रोजगार विभागका अनुसार आव २०७८÷७९ मा वैदेशिक रोजगारमा जाने छ लाख ३० हजार ६८ जनामध्ये दुई लाख ९१ हजार ८८९ जना (४६ प्रतिशत) दक्ष भएर विदेश गएका थिए आव २०७९÷८० मा सात लाख ७१ हजार २५३ जना विदेश गएकोमा पाँच लाख छ हजार ७४६ जना (६६ प्रतिशत) दक्ष भएर विदेश गएको तथ्याङ्क छ। यस्तै गत आव २०८०÷८१ मा सात लाख ४१ हजार २९७ जना वैदेशिक रोजगारीमा गएकोमा पाँच लाख ३२ हजार १२३ जना (७२ प्रतिशत) दक्ष भएर गएरु। पछिल्लो तीन वर्षको तथ्याङ्क हेर्दा पनि दक्ष भएर वैदेशिक रोजगारीमा जानेको संख्या २५ प्रतिशतले बढेको देखिन्छ। विदेश जानेमध्ये उच्च दक्ष, पेसागत कर्मचारी, दक्ष र अर्धदक्षको संख्या ७२ प्रतिशत पुगेको विभागको तथ्याङ्कमा उल्लेख छ ।
देशको बेरोजगारीको स्थिति र रोजगार पाएकाहरुले पाउने पारिश्रमिकलाई हेर्दा यसले सकारात्मक सन्देश दिएको छ । कुनै पनि सीप नभई विदेश जाँदा नेपालीले भोग्नुपरेका पीडालाई यो तथ्याङ्कले मल्हम लगाएको छ । तर शीप नभएका विदेश गएर गाउँघरको अवस्था जे देखिएको छ अब दक्ष र शिक्षितहरुले पनि यसरी विदेशिन थालेपछिको अवस्था के होला भन्ने चिन्ता पनि बढ्न थालेको हो ।
देशभित्र कतिपय उद्योग वा कम्पनीहरुले दक्ष कामदार भेट्नै मुस्किल परिरहेको कथा पनि सुनाउने गरेका छन त्यसलाई हेर्दा सामान्य रोजगार देशभित्रै हुँदा हुँदै शिक्षित र दक्ष व्यक्तिहरुले विदेशी भूमिमा गईदिँदा नेपालको अर्थतन्त्रमा समेत नकारात्मक असर पुग्न सक्छ । त्यसै पनि नेपाल भर्खर विकासतिर फड्को मारिरहेको छ । देश बनाउने अभियानमा शिक्षित र दक्ष व्यक्तिलाई नजोडेर विदेश पठाउने हो भने नेपालको समृद्ध बन्ने सपना साकार कहिले होला ? सरकारले नीति, नियम, विनियम यो क्षेत्रका निम्ति नबनाएको होइन तर पनि अझै पनि विकृति र विसंगति रोकिएका छैनन । वैदेशिक रोजगारबाट अहिलेसम्म समाज र राष्टूका निम्ति भएका योगदानको अवमूल्यन नगरी वैदेशिक रोजगारमा देखिएका समग्र व्यतिथि, विसंगतिहरुको अन्त्यमा अब सरकारले कडाई गर्दै वैदेशिक रोजगारलाई व्यवस्थित गर्न जरुरी छ ।

Author

You may also like