दमक । दमक नगरपालिकाका १० वटै वडाबाट खेलकुदका प्रतिभा प्रष्फोटन गराउन सुरु गरिएको दमकको पहिलो खेलकुद महोत्सव मंगलबार सम्पन्न भएको छ ।
दकमको प्रतिष्ठासँगसँग नगरबासीलाई जोड्ने खेलकुद मेला दमक खेलकुद महोत्सवका विभिन्न खेलकुदका कतिपय इभेन्टहरु उद्घाटन अगाडिदेखि नै सञ्चालनमा रहेका भए पनि गत शनिबार उद्घाटन कार्यक्रम गरिएको थियो ।

नगर खेलकुद विकास समितिको आयोजनामा मदनमण्डारी प्रस्तावित रंगशाला दमक–३ मा आयोजित सो खेलकुदको समापन कार्यक्रमको अध्यक्षता उपप्रमुख रेगिना भट्टराई प्रसाईले गरेकी थिईन भने प्रमुख अतिथिमा नगरप्रमुख रामकुमार थापा रहेका थिए । कार्यक्रमको संयोजकमा दमक नगर खेलकुद विकास समिति उपाध्यक्ष तथा कार्यक्रम संयोजक तारा अधिकारी, उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाई, वडाअध्यक्ष, जनप्रतिनिधि, विभिन्न खेलकुद संस्थाका पदाधिकारी, राजनीतिक दलका प्रतिनिधिहरुको आतिथ्यतामा सो समापन कार्यक्रम आयोजना भएको थियो । पूर्णिमा तिम्सिनाले सञ्चालन गरेको सो कार्यक्रममा खेलकुद विकास समितिका कर्मचारी, खेलप्रेमी, खेलाडीहरु, प्रशिक्षक, खेल संस्थाका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।, खेलकुद संयोजक तारा अधिकारीले स्वागत मन्तव्य राखेको सो कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख रामकुमार थापाले दमक इतिहासमा पहिलो पटक दमकमा खेलकुद महोत्सव आयोजना सम्पन्न भएको खुशी व्यक्त गरे ।

थापाले यस प्रतियोगितात्मक महोत्सवबाट धेरै ठूलो अनुभव बट्लिएको र आगामी दिनमा आयोजना हुने कार्यक्रमको व्यवस्थापनमा यो अनुभवले निकै महत्वपूर्ण भूमिका खेल्ने उनले बताए । उनले ५ सयको हाराहारीमा खेलाडी र त्यससँग जोडिएका विभिन्न वडासहितका खेलाडी, आयोजक र सम्बन्धित व्यक्तिहरुको सहभागितामा करिब ७ सयको सक्रियताले उक्त महोत्सव सफल बनेको सुनाए । अबका दिनमा सप्ताहव्यापी कार्यक्रमको खाकामा समयमै तयारी गरेर बजेटको अभाव हुन नदिईकन खेलकुदलाई प्राथमिकताका साथ आयोजना गरिने पनि उनले बताए । उनले खेलाडीलाई खेलकुदको माध्यमबाट सामाजिक गतिविधिमा जोडेर समग्रमा दमकको विकासमा अग्रसर गराउने उल्लेख गरे ।, उनले सबै वडाहरुको अग्रसरतामा खेलकुदमा शिल्ड नै खडा गर्ने र हरेक तीन पटकको विजेताले उक्त शिल्ड लाने गरी यथोचित बजेटको व्यवस्थापनमा आगामी दिनमा खेलकुद आयोजना हुने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

यसैगरी उपप्रमुख भट्टराईले खेलकुद सम्पन्न भए पनि यसका सिकाई र भोगाईहरु अत्यन्तै महत्वपूर्ण रहेको सुनाउँदै अझै धेरै खेलकुदका विधाहरु छुटेको भन्दै त्यसलाई आगामी दिनमा समेटेर लैजान आग्रह गरिन् ।, खेलकुदले उर्जा थप्ने, सामाजिक सद्भाव कायम गर्ने, भाईचारा बन्धुत्वको विकास गर्ने, सबै वडाहरुसँग खेलकुदका माध्यमबाट छुट्टै सम्बन्ध स्थापित हुने खेलकुदमा विजेता भन्दा सहभागिता नै महत्वपूर्ण हुने बताईन । गोल्डकप र वल्डकपको रुपमा संसारले हेर्ने खेलकुदका माध्यमबाट समाज र राष्ट्र नै समुन्नत बन्ने कुरामा कतारलाई हेरे पुग्ने पनि उनले बताईन ।
उद्योग वाणिज्य संघका अध्यक्ष गुरागाईले आगामी दिनमा खेलकुदलाई वार्षिक क्यालेण्डरमा राखेर अगाडि जान सुझाव दिए । उनले उद्योग वाणिज्य संघले पनि व्यवसायीहरुबीचमा विभिन्न खेलकुदको आयोजना गरिरहेको सन्दर्भमा दमक नगरपालिकाले गर्ने यस्ता खेलकुद कार्यक्रममा उद्योग वाणिज्य संघको समेत सहभागिता रहने गरी अगाडि जान चाहेको उल्लेख गर्दै यस्ता गतिविधिमा सदैव उद्योग वाणिज्य संघ साथमा रहेको उल्लेख गरे ।
सो कार्यक्रममा भलिबल, फुटबल, ब्याडमिन्टन, क्रिकेट, चेस, तेक्वान्दो ध्त्ँ, तेक्वान्दो क्ष्त्ँ, सितेरियो कराँतका विजेता खेलाडीलाई शिल्ड, प्रमाणपत्र वितरण गरिएको थियो।