:— ओमप्रकाश गौतम :—


हजारौं बिपना थिए हिजो
आज सबै सपना भए
क्रान्तिका हरेक मोडहरु अल्मलिएका छन
जनतालाई ऋणको भार छ
भोक , रोग र शोकमा पिल्सिएका छन
गणतन्त्रको हवला दिनेहरु चिल्ला कारमा सयर छन
हिजो तिनै झुप्राहरुको जनमत लिएकाहरु
सत्तालिप्साको दलदलमा फसेर गणतन्त्रलाई धमिल्याउदैछन
आवाजहरु दबिएका छन
डनवादहरुको मोजमस्ती छ
झुपडीका बासहरु रोइरहेछन
उता मिलाएर खानेहरु पल्किरहेछन
सिंहदरबार र बालुवाटारमा
भोकानाङ्गाहरु याचना गरिरहेछन
सरकारी झण्डा फर्फराएर क्रान्तिका कुरागर्नेहरु
आलिसान महलमा बसेर सुकुम्बासी
मुक्तकमैयाहरु बिल्लिबास बनाउन उद्दत छन
ओइ ! लोकतान्त्रिक गणतन्त्र
नेताहरूलाई रासन
गरिबहरुलाइ नक्कली भाषण दिएर
किन ललिपप खुवाउदैछस गणतन्त्र ?
बोल्न त बोल किन चुप लागेर बस्छस ?
तलाइ क्वाप्प निलिसके त सडकलाई जामगर्नेहरुले
उठ जाग, चुप लागेर नबस
मिसन ८४ नजिकिदैछ नि
हिजोको विरासत फेरि फर्केला भन्ने नसोच
तेरो झोला बोकेर हिडने बुद्धिजीवीहरुले
माइतीघर मण्डलामा हिजै
क देखि ज्ञसम्म बुझिसकेका छन
जति लुटनु छ लुट
झुटको खेती गर्नु छ गर
ओइ ! गणतन्त्र
सच्चिएर आउनेलाई स्वागत गर
सत्ताको सिढीचढेर
देशलाई कङ्गाल बनाउनेहरुलाइ
सत्ताच्यूत गर
गरिबहरुको मन टाल
घुसखोरीहरुलाइ
सदासदाका लागि जनमत नदिएर
आदर्शको पाठ सिका …………….?
हो , हिजो सबैलाई लागेकै थियो, गणतन्त्र स्थापनापछिको नेपालको राजनीतिले पक्कैपनि नयाँ मोड लिनेछ । आशातित बाटो रोज्नेछ । नयाँ गति लिनेछ । हरेककुराहरु परिवर्तन हुनेछन । शासन पद्धतिदेखि विकास, सुशासनको अवस्था, स्वतन्त्रताको हक र मुलुक समृद्धिको सवालले प्रमुख प्राथमिकतामा पाउदै जानेछन । हिजो आम अपेक्षा थियो – राज्यमा सदियौदेखि शासकद्वारा दबाइएका उत्पीडित, उपेक्षित, सीमान्तकृत वर्ग, महिला, दलित, जनजाति तथा अधिकारविहिन नागरिकले आफ्नो अधिकार प्राप्त गर्नेछन, तिनीहरूपनि राज्यको मूलधारमा आइपुग्छन, आदि–आदि । तर आज लोकतान्त्रिक गणतन्त्र स्थापना भएको यतिवर्ष बितिसक्दा पनि यहाँको राजनीतिक अवस्था, शासन पद्धति, विकासको गति, शान्ति स्थापनाको कुरा र नयाँ नेपाल निर्माणको कुरा भने जस्ताको तस्तै छ । यहाँ उज्यालो नेपालका नायक कुलमान घिसिङलाई समेत पदच्यूत गराएर आफ्नै नातागोताकाहरुलाइ पक्षपोषण गर्ने काम अनि शिक्षा क्षेत्रकि एक जुझारु शिक्षित नेत्री बिधादेवी भट्टराईलाई समेत राजीनामा गर्न बाध्य बनायो यो सरकारले । न योग्यता न क्षमता न राजनीतिक पृष्ठभूमि समेत नभएका अल्पशिक्षितहरुको जमातले सरकार चलाइरहेको छ ।
जीवनकालको राजनीतिक पृष्ठभूमि भूमिगतकालमा जति बर्ष बिताएर जेल, नेल, हतकडीको इतिहास देखाएपनि उनीहरू स्वयं “ र “ का एजेन्डा, भारतीय विस्तारवादका एजेण्ट हुनु शिवाय अरु केही स्पष्ट नदेखिएको विरासत छर्लङ्ग छ । मानौकि जनताहरु आजित छन । हिजो दलहरुको संजीवनी बुटी सुघेर हिडेका थिएनि त्यो समेत जनतामा निराशा छाएको छ । अनेकन काण्डमा मुछिएका डनवादहरु आज कत्लेआम प्रहरी खोरबाट उन्मुक्ति पाएका छन । दर्जनौ काण्ड नमुछिएका कुन नेताहरुको पार्टी छ यहाँ ? कसैले उत्तर दिन सक्छ ? अनि किन क्रान्तिकारी नारा अलाप्नु ? उत्तर छ कसैसङ्ग ? कोहि दिन सक्दैनन, दिन सक्ने उत्तर कहिँ भेटिन्न । यहाँ मैले मेरा स्वतन्त्र विचार उठान गरिरहदा कोहि नक्कली क्रान्तिकारीहरुले कतै यो लेखकपनि राजावादीतिरै ढल्केको पो जस्तो लाग्यो भनेर भन्दा हुन तर सत्य अर्थमा हेर्नुपर्दा हिजोको राजाको एकदलीय ब्यबस्था भन्दा तीन गुणा भ्रष्टाचार बढ्दै गएको छ अहिले । अहिले जनताले चाहेका पूर्वराजा ज्ञानेन्द्र शाहनै हुन भनेर कोहिकसैले भन्या छैनन । विधिको बिडम्बना यहाँ यो छ कि लोकतान्त्रिक गणतन्त्रको ब्यबस्था जनताले मानेकैछन तर द्वैध चरित्रबोकेका दोग्ला नेताहरुको अनेकन चलखेलले गर्दा देशको अवस्था जर्जर देखिएको छ । के यो पुरानो राज्यसत्ताले गरेको कर्म हो त ? हामीले किन हिजोका राजारजौटाहरुलाइ सराप्छौ ? किन मण्डले भन्छौ ? भन्नुपर्ने किन हो, कारण के छ ? यो सब मिथ्या कुरा हुन । यहाँ कोहिकुनै पार्टीले हाम्रो पार्टी राम्रो हो भन्न सक्नेवाला छैनन ।
यदी कोहि बाठो भएर यस्ता कुरा बोल्यो कि पोल्यो, यो अवस्था छ अहिले । नभए किन हाम्रा दलका नेताहरूले मात्र पटकपटक निराशा पलाएका जनताहरुबाटै पिटाइ खान्छन ? यो के कारणले गर्दा हो त ? हिजो तिनै कार्यकर्तालाई झुटा आश्वासन दिएर अनेकन बहानामा खुकुरी, भाला बोकेर सडकमा उतार्नेहरुले उनीहरुको अवस्था नबुझेकै कारणले अहिले चौतर्फी बितृष्णा बढेको छ । हिजोका दिनमा जनताका समस्या थिए, आजपनि समस्यै समस्याको चाङ्ग छ महङ्गीको मारमा गरिब जनता मात्र छन । जो वर्गीय रुपमा धनी नेता थिए, तिनीहरू आज सम्भ्रान्त वर्गको अगुवा बनिरहेका छन ।
हिजोका दिनमा आन्दोलनका उपलब्धि संस्थागत गर्ने क्रममा देखिएका अनेक राजनीतिक उल्झनहरु अनुत्पादक बन्दै गएका छन । धेरथोर राजनीतिक परिवर्तन त भए तर गरिबहरुको जीवनस्तर अलिकतिपनि माथि उठन सकेन । गणतन्त्रको असली फल उनीहरू खाए बाहिरको बोक्राको स्वादमात्र जनताले पाए, आखिरी के पाए त जनताले ? अबका दिनमा पनि उनीहरू सच्चिएनन भने लेखेर राख्नुहोस कि देशमा मिसन “ ८४ “ मा केही न केही उलटपुलट परिवर्तन हुने निश्चित प्रायः छ । यसका लागि तमाम नेपाली जनताहरुले यी दलालहरुलाइ ढ्याङग्रो ठोक्दै जनखबरदारी गरेर अघि बढ्नु जरुरी छ । नेपाली जनताको अभिमत एक हुनु जरुरी छ । नेपाली जनता जिन्दावाद ।

Author

You may also like