दमक/ जिल्लाकै ठुलो दमक बहुमुखी क्याम्पसको स्ववियू अध्यक्षमा नेपाल विद्यार्थी संघ निकट स्वतन्त्र प्यानलका भूपेन्द्र बस्नेत (भुवन) निर्वाचित भएका छन् । गठवन्धनको उम्मेदवारका रुपमा सुरुवातदेखि अग्रता कायम राख्दै आएका बस्नेतले निकटतम प्रतिद्धन्द्धी अनेरास्ववियूका निशम अधिकारीलाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् । बस्नेतले ६६८ ल्याएर निर्वाचित हुदाँ प्रतिष्पर्धी अधिकारीले ६२४ मत प्राप्त गरे ।
नेविसंघका आधिकारिक अध्यक्षका उम्मेदवार सायन साम्पाङले मात्र ३३४ मत ल्याएर तेस्रो स्थानमा चित्त बुझाउनु प¥यो ।
अध्यक्षमा स्वतन्त्र समूहकी रश्मी उप्रेती, दीपक लिम्बू, पर्वत बस्नेत, पेमा डोल्मा तामाङ र प्रविणा भट्टराईसहितका ८ जना उम्मेदवार प्रतिष्पर्धी थिए ।
सचिवमा राजेश खड्का (८१२ ) र कोषाध्यक्षमा ९९७ मत प्राप्त गरि प्रिती मगर निर्वचित भए । निर्वाचित दुवै अनेरास्ववियूका हुन् ।
यसैगरी, सदस्यहरुमा आरती बाँस्कोटा (६३१),एन्जिना राई (१०१४), दुर्गा पौडेल (६६९), प्रशान्त ताजपुरिया (६३३), प्रासना भट्टराई (८३९ ), प्रितम पौडेल (६५२ ), युनेश न्यौपाने (६६५ ) र स्मारिका श्रेष्ठ (६७८ ) मत गरि निर्वाचित भएका हुन् । यस्तै, समानुपातिकतर्फ अनेरास्ववियूले (६०४), नेविसंघले (४६१), अखिल क्रान्तिकारीले १९३, राप्रविसंगठनले २२९,समाजवादी विद्यार्थी युनियनले १२५, हामी स्वतन्त्र छौं समूहले १५८, संघीय विद्यार्थी युनियनले ४० मत प्राप्त गरेको
नर्वाचन समितिले जनाएको छ । ३७०३ मत रहेको यस क्याम्पसको स्ववियू निर्वाचनमा १९५६ मत खसेको थियो । खसेको मत मध्ये १३ मत बदर भएको थियो ।
बिर्तामोडको दुईवटै क्याम्पसमा नेविसंघ विजयी
बिर्तामोड । बिर्तामोडको दुईवटै क्याम्पसको स्ववियू निर्वाचनमा नेपाल विद्यार्थी संघको प्यानल नै निर्वाचित भएको छ ।
कन्काई आदर्श क्याम्पसमा ८१ प्रतिशत मत ल्याई नेविसंघका किरण गुरुङ सभापतिमा निर्वाचित भएका हुन् । गुरुङले ४७५ मत ल्याएर विजयी हासिल गरिरहँदा उनका प्रतिष्पर्धी अखिल क्रान्तिकारीका नवीन पौडेलले मात्र ८७ मत पाएका छन् ।त्यस्तै सचिव र कोषाध्यक्षमा पनि नेविसंघकै उम्मेद्वारहरु निर्वाचित भएका छन् ।
सचिवमा नेविसंघका मनिश कोईराला ४७६ मतसहित बिजयी हुँदा अखिल क्रान्तिकारीका अनिल अधिकारीले मात्र ६४ मत ल्याएका छन् । त्यस्तै कोषाध्यक्षमा नेविसंघकी मेघा चबेगु लिम्बूले ३३५ मतसहित जित हासिल गरिरहँदा अखिल क्रान्तिकारीकी जानकी भट्टराईले ५२ र अनेरास्ववियूका किशोर खत्रीले १३६ मत प्राप्त गरेका छन् । कन्काई क्याम्पसमा जम्मा मत संख्या १५०२ रहेकोमा मात्र ५८० मत खसेको थियो ।
त्यस्तै बिर्तामोडको इन्द्रचन्द्र क्याम्पसमा पनि नेविसंघको प्यानल निर्वाचित भएको छ । नेविसंघका श्रीजित ढुंगाना ३४० मतसहित सभापतिमा बिजयी भएका छन् । उनका प्रतिष्पर्धीहरु अखिल क्रान्तिकारी र राप्रबिस गठबन्धनका प्रज्वल कडरियाले १०९ र अनेरास्ववियूका आकाश थापाले १९७ मत ल्याएका छन् ।
त्यस्तै सचिवमा नेविसंघका पवन अधिकारी २६१ मतसहित विजयी हुँदा अखिल क्रान्तिकारी र राप्रविस गठबन्धनमा सन्जु विशंखेले १२७ र अनेरास्ववियूका शितल खनालले २५२ मत प्राप्त गरेका छन् । कोषाध्यक्षमा नेविसंघकी – एरिना थापा २५६ मतसहित निर्वाचित हुँदा अखिल क्रान्तिकारी र राप्रविस गठबन्धनका मचिन्द्र राईले १७१ र अनेरास्ववियूकी प्रबिना वाग्लेले १९८ मत हासिल गरेका छन् । त्यहाँ जम्मा मत संख्या १०९३ रहेकोमा मात्र ६७० मत खसेको थियो ।
यसैगरी त्रिदेव बहुमुखी क्याम्पस, चारआलीमा सम्पन्न स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियु) निर्वाचनमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियु) को प्यानल नै विजयी भएको छ । निर्वाचन परिणाम अनुसार सभापति ईश्वर रिजाल, सचिव दावा तामाङ, कोषाध्यक्ष विश्वास आचार्य निर्वाचित भएका छन्। अन्य विजयी सदस्यहरूमा सोनीका श्रेष्ठ, जनक अधिकारी, करुणा पोख्रेल, बिनिता कटुवाल, विजय श्रेष्ठ रहेका छन्।
निर्वाचन परिणाम सार्वजनिक भएसँगै विजयी प्यानललाई विद्यार्थी, शिक्षक तथा समर्थकहरूले बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन्। नव–निर्वाचित नेतृत्वले विद्यार्थी हकहितको रक्षा गर्दै शैक्षिक सुधारका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
अनेरास्ववियुको प्यानल नै निर्वाचित भएपछि समर्थकहरूमा खुसीयाली छाएको छ।