
दमक। दमक बजार र आसपासका महिला दिदी बहिनीहरुको व्यक्तित्व विकास, स्वरोजगारसहित दक्षता अभिवृद्धि गर्न स्थापित दमकको ग्लोरी ब्युटीपार्लर एण्ड ट्रेनिङ सेन्टरले बजार र सेवा बिस्तार गर्ने गरी द ब्युटी वल्डसँग फ्रेन्चाइज सम्झौता गरेको छ ।

मंगलबार एक भव्य कार्यक्रमबीच दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाई, सामाजिक व्यक्तित्व शेरबहादुर भट्टराईलगायतको उपस्थितिमा सो ग्लोरी द ब्युटी वल्र्डको उद्घाटन गरिएको छ ।

स्वदेशका करिब ४० भन्दा बढी जिल्ला र नेपाल बाहिर भारत र भुटानमा समेत सेवा बिस्तार गरेको द ब्युटी वल्डसँग ३ वर्षे सम्झौताले यस क्षेत्रका महिला दिदीबहिनीहरु लाभान्वित हुने ग्लोरी द ब्युटी वल्डकी सञ्चालिका गिता लिम्बुले बताईन । उनले भनिन– द ब्युटी वल्डका सञ्चालक वत्सल भट्टराईलगायत अन्य अभियन्ताहरुबाट आफुले यस अगाडि पनि धेरै साथ र सहयोग पाएरै ब्युटिसियनसम्बन्धी तालिमसहित सेवा प्रवाह गरिरहेको र अहिले द ब्युटी वल्डको मापदण्डमा आफुले सञ्चालन गरिरहेको ग्लोरी पुगेको कारणले पनि फ्रेन्चाइज लिन सफल भएको उनले बताईन । उनले नियमित रुपमा ३ दर्जन महिला दिदीबहिनीहरुलाई तालिम प्राप्त गर्दै आएकोमा अब द ब्युटी वल्डको सहयोगमा ८० को हाराहारीमा पु¥याउने गरी कार्ययोजना अगाडि बढिसकेको सञ्चालिका गुरुङले बताईन । ग्लोरी पार्लर दमकमा बेरोजगार महिला तथा युवतीहरुका निम्ति दक्षता अभिबृद्धि गर्दै स्वदेश तथा विदेशमा आयआर्जन गर्ने आधार बनाउने रणनीति र योजनाका साथ दमकमा अन्तर्राष्ट्रिय मापदण्डको ब्युटीपार्लर तथा तालिमको उद्घाटन गरिएको गुरुङको भनाई छ । अनुभवी प्रशिक्षक तथा पुरानो सेवामूलक संस्था भएको कारणले पनि अबका दिनमा ब्युटीसियनको लागि टाढा टाढासम्म पुगेर सेवा लिने, तालिम लिने र दक्ष भन्ने झन्झटबाट मुक्त भएको पनि उनले खुलाईन ।

ब्युटिसियनको क्षेत्रमा काम गरिरहेको द ब्युटी वल्डले दमकमा सञ्चालनमा रहेको ग्लोरी पार्लरसँग केही वर्ष काम गरिसकेपछि यसका पूर्वाधार र मापदण्ड पु¥याएर आजदेखि द ब्युडी वल्र्डको फ्रेन्चाइजको अधिकार दिएर सम्झौता गरेको द ब्युटी वल्डका सञ्चालक वत्सल भट्टराईले बताए । उनले व्यक्तिगत काम गर्ने गरी खोलिएको सो ब्युटी पार्लरलाई द ब्युटी वल्डसँगको सहकार्यमा संस्थागत कार्यक्रम दिएर केही वर्षदेखि सोही अनुसार कार्यक्रम चल्दै आएको र अब यत्तिको मापदण्ड र पूर्वाधारका आधारमा दमकमा कार्यक्रम चल्छ भन्ने लागेर फ्रेन्चाइज दिएको भट्टराईले प्रष्ट पारे । उनले भने– जहाँ जहाँ हामीले फ्रेन्चाइज दिन्छौं त्यहाँको व्यवस्थापनको जिम्मेवारी उहाँहरुकै हुने पनि उनले बताए । अहिलेसम्म ४ सय बढीलाई तालिम दिएर स्वरोजगार बनाइसकेको दमकको उक्त दमक ग्लोरी ब्युटी पार्लरका भौतिक संरचनादेखि एक जना प्रशिक्षक अन्तर्राष्ट्रिय स्तरको रहनु पर्ने प्रावधानलाई टेकेर हिँडेको पनि उनले बताए । सो ब्युटीपार्लरबाट अन्य सौन्दर्यका सेवासहित देश तथा विदेशमा स्वरोजगार बन्न चाहनेहरुका लागि तालिम दिने गरिएको सञ्चालिका लिम्बुले बताईन ।
