पछिल्लो समयमा राज्य शासकको फाहोरी राजनीतिक प्रवृत्तिबाट निराश बनेका र आशा मारेका आम नेपाली जनतालाई खेलकुद क्षेत्रले भने उत्साहित तुल्याएको छ । नेपालमा महिला र पुरुष दुवैतर्फबाट नेपाली खेलप्रेमीले आशा र भरोसासहित खुशी हुने अवस्था अवसर पाएका छन् । खास गरेर महिला खेलकुद फुटबल, क्रिकेटसहित समग्रमा सबै खेलकुदले नेपाली खेलप्रेमीको मन जित्दै गएका छन् । पछिल्लो समयमा महिला र पूरुष खेलाडीहरुले छुट्टाछुट्टै पहिचान बनाउन समेत सफल भएका छन् ।
अघिल्लो महिना घरलु मैदान दशरथ रंगशालामा आयोजित साफ महिला च्याम्पियनसीपमा नेपालका महिला खेलाडीहरुले फुटबलको धमाका देखाए । उनीहरु त्यो खेल कौशलकै कारण विजेता बन्नबाट चुके पनि उपविजेता बनेरै छाड्यो । त्यसपछि लगत्तकै महिलाहरुकै क्रिकेट प्रतियोगताहरु भए । जुन क्रिकेटमा इतिहास रचेका छन । नेपालले नेत्रहीनहरुको क्रिकेटामा समेत सशक्र उपस्थिति देखाएर आउँदो यहि मंसिर ७ देखि १८ सम्म पाकिस्तानमा आयोजना हुने चौथो टि(ट्वान्टी नेत्रहिन विश्वकप क्रिकेट प्रतियोगितामा सहभागिता जनाउँदैछन् । उक्त प्रतियोगितालाई आफ्नो पक्षमा बनाउन नेत्रहीनहरु भरपुर रुपमा तयारीमा जुटिरहेका छन् । २०६० सालमा आँखाको ज्योति गुमाएका नेपाली सेनाका प्रमुख सेनानी पवन घिमिरेको सक्रियतामा २०६० सालदेखि नेत्रहीनहरुले क्रिकेट खेलको सुरुआत नेपालमा गरेका हुन् । छोटो अवधिमै लोकप्रियता हासिल गरेर विश्वकप खेल्दैछ । ११ देशको सहभागिता रहने उक्त खेलमा आफ्नो विजेताको स्थान सुरक्षित गर्न खेलाडीहरु तयारीमा जुटेका छन् । उक्त खेलमा नेपाल छैठौ स्थानको विश्व वरियतामा रहेको छ ।
यस्तै नेपाली महिला क्रिकेट टिमले इतिहास रचेका छन् । यो नेपाल र नेपालीका लागि गौरवको विषय हो । आईसीसी महिला यु–१९ महिला टी–२० विश्वकपमा नेपाल पहिलोपटक छनौट हुन सफल भएको छ । आगामी वर्षको जनवरी १८ बाट मलेसियामा हुने खेलमा नेपालले सहभागिता जनाउने भएको हो । खेल मैदान र हौसलाको अभावका बाबजुद पनि नेपाली चेलीहरुले खेलेको उत्कृष्ट खेलले नेपाल विश्वकप खेल्ने राष्ट्रको रुपमा छनौट भएको हो । सरकारको लगानी लगभग शून्यको अवस्था भए पनि नेपाल विश्वकपमा छनौट हुनुले नेपाल र नेपालीको शिर विश्वसामु ठाडो बन्दै गएको छ । बुधबार मलेसियासँग भएको अन्तिम छनौट खेलमा नेपालले सानदार प्रदर्शन गर्दै आफ्नो साख जोगाउन सफल भएको हो । विश्वकप छनौट खेलमा नेपाल र युएई आम्नेसाम्ने भएका थिए । लगातार ४ खेल जितेर १० अंकसहित शीर्ष स्थानमा रहेको युएईलाई हराउँदै नेपाल विश्व कपका लागि छनौट भएको हो । यसैगरी आफगानिस्तानको डुसानवेस्थित सेन्ट्रल रिपब्लिकन स्टेडियममा भएको मैत्रीपूर्ण खेलमा अफगानिस्तानलाई नेपालमो २–० गोल अन्तरमा हराएको हो । चाहे मैत्रीपूर्ण हुन वा प्रतिष्पर्धात्मक सबै खेलमा नेपाली खेलकुदले आशा जगाएका मात्र छैनन नेपाल र नेपालीको भविष्य कोर्ने बाटो समेत तय गरेका छन् ।
खेलकुदमा सरकारले गरेको लगानीलाई लाई खेलाडीहरुले टिकाटिप्पणी गरिरहेका छन् । विना लगानीको प्रतिफल धेरै आश गर्न नहुने समेत खेलाडीले बताईरहेका बेला सरकारको खेलप्रतिको दृष्टिकोण बदल्न जरुरी रहेको देखिन्छ । आवश्यक पूर्वाधार निर्माण र उनीहरुलाई दिने सेवा सुविधामा सरकारले ध्यान दिएको खण्डमा नेपालले खेलकुद क्षेत्रबाटै विश्वमाझ जान सक्ने देखिएको छ । कतिपय खेलमा नेपालले शुरु–शुरुका राम्रो प्रदर्शन गरे पनि निर्णायक खेलमा भने नेपाल चुक्दै आएको देखिन्छ । यसलाई समेत मध्यनजर गर्दै खेलाडीले विपक्षीप्रति सधैँ आक्रामक शैलीलाई अवलम्बन गर्नुपर्ने देखिन्छ । नेपालका खेलाडीहरुमा एकै प्रकारको शैली–भाव देखिँदैन । खेलाडीलाई हौसला र उत्साह थप्ने हो भने नेपाली खेलकुदबाट नेपालीको आशा र अपेक्षा पुरा गर्न सक्ने देखिन्छ ।