मुख्य समाचार स्थानीय

पूर्वराजा ज्ञानेन्द्र उदार भएको भए गद्दी छोड्नु पर्ने थिएनः पूर्वमन्त्री सुब्बा

दमक÷ सूर्यबहादुर थापा स्मृति प्रतिष्ठान केन्द्रीय कार्यालय दमकले प्रथम वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।
दमक वडा नं. ८ स्थित कस्मिक पार्टी प्यालेसमा आयोजित सो साधारणसभाको अध्यक्षता संस्थाका अध्यक्ष रामकुमार थापाले गरेका थिए । कोशी प्रदेशसभाका सभामुख माननीय अम्बर बहादुर विष्टको प्रमुख आतिथ्यतामा आयोजित सो कार्यक्रमको विशिष्ट अतिथिमा पूर्व मन्त्री तथा राप्रपाका केन्द्रीय निर्दैशन समिति सदस्य रामकुमार सुब्बा रहेका थिए ।
संस्थाका महासचिव वासुदेव भट्टराईले सञ्चालन गरेको सो कार्यक्रमको उद्घाटन प्रमुख अतिथि तथा विशिष्ट अतिथिले गरेका थिए । कार्यक्रममा संस्थाको प्रगति प्रतिवेदन, रिता कुमारी बस्नेत श्रेष्ठले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गरी हलबाटै पारित गरिएको थियो । सो कार्यक्रममा उपाध्यक्ष भिम प्रसाद पौडेलले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि माननीय विष्टले पञ्चायतकालमा काम गर्दै जाँदा १० वर्ष जिल्ला पञ्चायतको सदस्यको रुपमा १० काम गर्ने अवसर प्राप्त गरेपछि २०३६÷०३७ सालको जनमत संग्रहमा हामीलाई डो¥याउँदै पञ्चायतको पक्षमा कुशल नेतृत्व गरेर प्रधानमन्त्री हुनुभएको थियो । त्यो बेलामा विभिन्न कालखण्डमा उहाँसँग रहेर काम गरेको अनुभव बताए । पछि पञ्चायतका दुई वटा खेमा मध्ये उद्दारवादी खेमाको नेतृत्व लिएर सूर्य बहादुर थापा हिंडिरहँदा झापामा एउटा समूह बनाइएको र त्यो समूहमा जानेर वा नजानेर बसेर काम गर्ने सौभाग्य प्राप्त भएपछि उहाँहरुको छत्रछायाँ र निर्देशनमा काम गर्ने अवसर प्राप्त भयो । त्यसपछि २०४६ सालमा राष्ट्रिय प्रजातन्त्र पार्टी टुक्रिए पछि झापा जिल्लाकै पहिलो सचिव भएर सूर्य बहादुर थापा पक्षमा रहेर काम गर्ने अवसर प्राप्त भएको उनले बताए । त्यसपछि धेरै कार्यक्रम र अवसरमा स्व. थापासँगको संगत गरेको उनले बताए ।
मैले गरेको संगत्बाट के चाहि बुझेको थिए भने सूर्यबहादुर थापा दुरदृष्टि राख्ने नेताको रुपमा त्यसबेला चिने २०५१ मा मध्यावधि चुनाव हुँदैछ चुनावको तयारीमा लाग्दा हुन्छ भनेर झण्डै १ वर्ष अगाडि नै झापामा आएको बेला माथिल्लो ओहदाका नेताहरुलाई राखेर अब ६–८ महिनामा मध्यावधि चुनाव हुँदैछ त्यसको तयारीमा लाग्नुस्, राष्ट्रिय अन्तर्राष्ट्रिय घटनाले त्यो देखाइरहेको छ भन्ने कुरा गर्नुभयो । झण्डै २ तिहाईको
नेपाली कांग्रेसको सरकार थियो । हामीलाई पत्यार नलागी नलागी उहाँको निर्देशनमा काम गर्दै गयौ तर त्यो बेला उहाँले भनेको समय पनि लागेन मध्यावधि निर्वाचन भयो । उहाँको त्यो दुरदृष्टिले मन छोएको उनले बताए ।
अलिकति दुरदृष्टि राख्ने, राजनीतिक घटनाक्रम केलाउने, पञ्चायतको मान्छे र राप्रपाको मान्छे भए पनि सबै पक्षका मान्छेहरुका बीचमा साझा मान्छे भएर काम गरेको अनुभव आफुले गरेको बताए । उनले भने– उनले देशमा जब अप्ठ्यारो पर्दथ्यो त्यसबेला सूर्य बहादुर थापाको खोजी हुनुले पनि उहाँ राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरको नेता रहेको मैले बुझेको थिएँ । यिनै बुझाईहरुलाई संस्थागत गर्दै उहाँलाई सँधैभरि सम्झनका निम्ति एउटा थलोको आवश्यकता रहेको र त्यो थलो अहिले यो प्रतिष्ठानले उपलब्ध गराएको बताए ।
विशिष्ट अतिथिको आसनबाट बोल्दै पूर्व मन्त्री सुब्बाले भने– सूर्य बहादुर थापाले राष्ट्रलाई दिएको भूमिकालाई स्मृति गर्नका निम्ति खोलिएको प्रतिष्ठान अहिलेको आवश्यकता रहेको र यो प्रतिष्ठान खोल्न निकै ढिला भएको सुनाए । उनले सूर्य बहादुर थापासँगको सामिप्यताको कुरा गर्दै भने– सूर्य बहादुर थापाको सकारात्मक तथा नकारात्मक दुवै तर्फबाट राष्ट्रिय योगदानको स्मरणका निम्ति स्मरण दिवस थालनी भएको उल्लेख गरे । उनले आजको परिस्थितिमा यदि सूर्य बहादुर भईदिएको भए यो राष्ट्रले निकास पाउनेमा द्वविधा नरहेको पनि उल्लेख गरे । उनले भने–
ज्ञानेन्द्र सरकारले उदार भएर राष्ट्रलाई लिएर गएको भए सम्भवतः सत्तच्युत गद्दी छोडेर हिंडन पर्ने अवस्था नआउने पनि पूर्व मन्त्री सुब्बाको ठम्याई छ । सूर्य बहादुर थापासँग थोरै समयको लागि सम्पर्क र समन्वय भएको भन्दै उनले भने– म इटहरीमा १९ वर्षको उमेरदेखि नै तीन पटक प्रधानपञ्च भएको र २०३५ सालमा पहिलो निर्वाचित प्रधानपञ्च भएको व्यक्ति रहेको उल्लेख गर्दै उनले भने–
कुलझोडा भन्ने इन्द्रझोडा, आम्वाडी, दुर्गापुरीमा झण्डै ८ सय विघाको ऐतिहासिक संघर्ष सुरु भयो । त्यसबेला भक्तबहादुर कर्णेल, प्रेम प्रसाद सिटौला मोरङ प्रधानपञ्च, तत्कालिन पावरफुल व्यक्ति खरदार माधवप्रसाद वस्तीदेखि धनकुटाका धेरै काजीहरु, आमोद उपाध्याय वास्तविक दर्तावालसहित कुलझोडा ८ सय विघाको श्रेस्ता स्वामित्व भएका र त्यहाँ बसोबास गर्ने व्यक्तिलाई सन्तुलन गर्नका निम्ति आफ्नो बुबाले नेतृत्व गरेको सुनाए । त्यसैबेला २०२७÷०२८ सालमा पहिलो पटक दमक आउने र घुम्ने अवसर पनि त्यही कुलझोडाले गर्दा जुराएको थियो । त्यसबेला कुल झोडा आउन रंगेलीबाट आउनुपर्ने, राजमार्ग नभएको अवस्था थियो । बुबाको देहावसानपछि त्यसको नेतृत्व ममाथि आयो । त्यही नेतृत्वको जिम्मेवारी पुरा गर्ने क्रममा पुरै टिम लिएर तत्कालिन प्रधानमन्त्री सूर्यबहादुर थापासँग कुरा गर्ने गरी काठमाडौं गइयो ।
त्यहाँ कुरा राखियो । सूर्य बहादुर थापासँगको कुराकानीमा निवेदन लेखेर ल्याउँ, तोक पनि तिमीहरु लगाउ, म सहि गरिदिन्छु तर यो काम हुँदैन भनेर ठाडै भन्नुभयो । हामीले पनि निवेदन तयार पारेर तोक लगाईयो, र सूर्य बहादुर थापा प्रधानमन्त्रीले सहि पनि गरिदिनु भयो तर त्यो काम पछि भएन जुन झोडा अहिले पनि विवादित नै छ । त्यस्तो प्रशासक व्यक्तित्व मुलुकमा विरलै हुने र त्यही बेलादेखि मुलुकको लागि आवश्यक पर्ने, थापा नै रहेछन भन्ने भान भएको उनले सुनाए ।
कार्यक्रमको अध्यक्षता गरिरहेका दमकका नगरप्रमुख तथा सो प्रतिष्ठानका तदर्थ समितिको अध्यक्ष समेत रहेका रामकुमार थापाले देशको प्रतिष्ठासँग जोडिएको व्यक्ति, विभिन्न राजनीतिक र परिवर्तनका संवाहक बनेर राष्ट्रका निम्ति योगदान दिएको व्यक्तिलाई सँधैभरि स्मरण गरिरहनुपर्ने आवशयकता देखिएको हुनाले केन्द्रीय समितिको बैठकमा कुरा राखेर सूर्यबहादुरका हितैषी, पार्टी पंक्ति, शुभेच्छुक, इष्टमित्र देशी तथा विदेशहरुका बीचमा उहाँको स्मरणमा सामाजिक अभियानका रुपमा जोडेर लैजाने उद्देश्यका साथ सकेसम्म देशैभरी नभए पनि कोशी प्रदेशका १४ जिल्लामा शाखा कार्यालय खोल्ने गरी केन्द्रीय समितिको पहिलो अधिवेशन हुन लागेको बताए ।
कार्यक्रममा झापा, मोरङ र सुनसरीका सूर्यबहादुर थापा निकट व्यक्तित्वहरु, पार्टी पंक्तिका नेता, कार्यकर्तासहितको उपस्थितिमा सो कार्यक्रम सम्पन्न भएको थियो ।

Author

You may also like