७ साउन, दमक । दमक नगरपालिका धिमाल टोल बस्ने इलामका १९ बर्षका मौषम राईको करेन्ट लागेर सोमबार दिउँसो मृत्यु भएको छ ।
इलाम सुर्योदय नगरपालिका वडा नं. १३ स्थित लक्ष्मिपुर स्थायी घर भई झापाको दमकस्थित धिमाल टोलमा डेरा गरि बस्दै आएका राईलाई सोमबार दिउँसो २ बजे माछा मार्ने क्रममा करेन्ट लागेको थियो ।
राई बस्दै आएको घरदेखि करिब ३० मिटर पश्चिम पट्टि रहेको खोल्सामा घरबाट बिजुलीको तार जोडि करेन्ट लगाई माछा मार्ने क्रममा राईलाई करेन्ट लागेको थियो ।
घाईते अवस्थामा रहेका उनलाई उपचारको लागि दमकको आम्दा अस्पताल पुर्याइएको थियो । उनको उपचारकै क्रममा दिउँसो करिब ३ः३० बजे मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।