मुख्य शिक्षा समाचार

एसईई अनुत्तीणर् सबैका लागि मौका परीक्षा सन्दर्भ ःविद्यार्थीमा हेलचेक्र्याइँ बढ्ने ठहर

भूपेन्द्रराज तिम्सिना…..
दमक,१७ असार /

५२ दशमलव १४ प्रतिशत विद्यार्थी माद्यमिक शिक्षा परीक्षा (एसईई) मा अनुत्तीणर् भएपछि सवैलाई मौका परीक्षामा सामेल हुन दिने सरकारको निणर्यलाई शिक्षा क्षेत्रका सरकोकारवालाहरुले गलत भएको ठहरमा टिप्पणी गरेका छन् ।
बिहीबार सार्वजनिक नतिजामा ४ लाख ६४ हजार ७ सय ८५ मध्ये २ लाख ४२ हजार ३ सय १३ विद्यार्थी (५२ दशमलव १४ प्रतिशत) ननग्रेडिङ (एनजी) अर्थात अस्वीकृत भए । तीमध्ये दुई विषयसम्म ननग्रेडिङ भएका विद्यार्थीले मात्र ग्रेडवृद्धि परीक्षामा सहभागी हुन पाउने व्यवस्था लेटर ग्रेडिङ निर्देशिका २०७८ मा उल्लेख छ । यो व्यवस्थाअनुसार १ लाख १५ हजार ८ सय ३४ जना मात्रै ग्रेडवृद्धि परीक्षाका लागि योग्य थिए । तर शुक्रबारको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले मन्त्रीस्तरीय बैठकमा अनुत्तीणर् सवैलाई नै मौका परीक्षामा सामेल गराउने फरक निणर्य गराएपछि यस विषयमा क्रिया प्रतिक्रिया व्यक्त भइरहेका छन् ।
नेपाल शिक्षक महासंघ कमल झापाका पूर्व अध्यक्ष हिम दाहालले सरकारले यसबेला आकस्मिक रुपमा गरेको सवै विद्यार्थीलाई परीक्षामा मौका दिने निणर्य एउटा अवसरका लागि राम्रै लाग्ने भएपनि विद्यार्थीमा हेलचेक्राई गर्ने बानीको विकास हुने प्रतिक्रिया दिए । ‘झट्टा हेर्दा राम्रो लाग्ने देखिएपनि बिना योजनाको यो आकस्मिक निणर्यले जहाँ जे निणर्य गर्दा पनि हुने भन्ने कुराको विकास गराउँछ ।’ उनले भने ‘गत वर्ष पनि लेटर ग्रेडिङमा ढिलाई भयो । दुई वटा विषयमा एनजी आएकालाई अवसर भन्यो । फेरि अहिले अर्को कुरा आयो । यसले विद्यार्थीलाई पढ्न हेलचेक्राई गर्ने वातावरण बनाउला भन्ने डर बढायो ।’ उनले अहिले सर्वाधिक अनुत्तीणर् भएको विषय गणित र विज्ञान पढाउने शिक्षकको गाउँवस्तीमा अभाव रहेको प्रसंग ल्याउदै त्यसखाले शिक्षक व्यवस्थापन गरी गुणस्तरीय शिक्षामा चाँही जोड दिन सरकारलाई सुझाव दिए ।
उनले थपे ‘दुई वटा विषय लाग्नेले मात्रै पुनः परीक्षा दिन पाउँने भन्ने अडानमा सरकार रहन सकेन । ३२ बाट ३५ प्रतिशत अंक ल्याउने कुरा राम्रो थियो । तर त्यो अडान पनि छोडेर अनुत्तीणर् सवैलाई परीक्षा दिन लगाउनु सरकारसँगै विद्यालय, विद्यार्थी असफल भएको मान्नुपर्छ ।’ उनले पुनः परीक्षाले थप विद्यार्थी उत्तीणर् हुँदा कक्षा ११ र १२ सञ्चालनमा विद्यार्थी हुने वातावरण चाँही सिर्जना गर्ने सकारात्मक पाटो उल्लेख गरे । भने ‘नत्र त विद्यार्थी नै नभएर कति विद्यालयमा कक्षा ११ र १२ बन्द हुने अवस्था देखिन्छ ।’
दमकका पूर्व शिक्षक कमल दाहाल हालको एसर्ईईको नतिजाले शिक्षाको गुणस्तरमा ठूलो प्रश्न उब्जाएको ठहर गर्छन् । उनले शिक्षाको गुणस्तर सुधारेर विद्यार्थीले सिकेरै सहज हिसावले उत्तीणर् हुने वातावरण बनाउन आवश्यक रहेको उल्लेख गर्दै सरकारले घरी घरी आफ्नो खुसीले नीति परिवर्तन गरेर जीवन र जगतको महत्वपूणर् शिक्षा क्षेत्रको हुर्मत काढ्न नहुने उनको भनाई छ ।
३२ अंक मात्र ल्याउँदा उत्तीणर् हुने परिपाटीले चाँही कक्षा ११ र १२ मा अध्ययनका लागि विद्यार्थीले पढ्नमा कठिन हुने गरेको अवस्था भनें थियो । त्यतिमात्र होइन दिनदिन जस्तो फेरिने तर प्रभावकारी नभएको शिक्षा नीति सामु एसईईको सवैका लागि खुलेको मौका परीक्षाप्रति टिप्पणी गर्नु कुनै अर्थ नरहेको गौरादह बहुमुखी क्याम्पसका पूर्व प्रमुख भोजराज दाहालको भनाई छ । ‘समग्र शिक्षा नीति नै झन डामाडोल छ, यस्तो बेला सोचविचार गरेर यो निणर्य आएको पनि होइन । शिक्षाको गुणस्तरमाथि आएको विरोधको स्वर थुम्थुम्याउन मात्र यस्तो निणर्य भएको हो ।’ उनले भने ‘शिक्षाको स्वरुप नै परिवर्तन गर्न आवश्यक छ, यस्तो टालटुल गर्न खोजेर केही अर्थ राख्दैन ।’
०८० को एसईई परीक्षामा गणितमा सवैभन्दा बढी १ लाख ७७ हजार, विज्ञानमा १ लाख २६ हजार, अंग्रेजीमा १ लाख विद्यार्थी ननग्रेडिङ भएका छन् । ७ वटै विषयमा ननग्रेडिङ हुने विद्यार्थीले पनि साउनमा सञ्चालन हुने ग्रेडवृद्धि परीक्षामा सहभागी हुन पाउने भएपछि त्यस्ता विद्यालय र विद्यार्थीमा भनें उत्साह थपिएको छ । कतिपय विद्यालयका शतप्रतिशत विद्यार्थीसमेत असफल भएको पाइएको छ । २०७२ देखि लागू लेटर ग्रेडिङ पद्धतिमा सबै विद्यार्थी ग्रेडिङमा पर्ने व्यवस्था थियो । तर यसले गर्दा विद्यार्थीमा पठन संस्कृति हराउँदै गएको भन्दै २०७८ मा निर्देशिका संशोधन गरेर सैद्धान्तिक (लिखित) तर्फ कम्तीमा ३५ प्रतिशत अंक नल्याए विद्यार्थी ननग्रेडेड हुने व्यवस्था गरिएको थियो । जसका कारण कक्षा ११ मा भर्ना हुन पाउनेभन्दा नपाउने विद्यार्थीको संख्या बढी हुन पुगेको छ । कक्षा १० मा सो व्यवस्था यसपालिदेखि मात्रै लागू भएको हो । अघिल्लो वर्ष १.६ जीपीए ल्याउनेसम्म उत्तीणर् हुने भन्ने थियो । त्यसकारण अघिल्ला वर्षहरुमा उत्तीणर् विद्यार्थीको संख्या धेरै हुने गरेको निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) का कोशी प्रदेश अध्यक्ष टिकाराम ढकालको बुझाई छ । उनले ग्रेडिङको व्यवस्था अन्तर्राष्ट्रिय मान्यताको भएको अवस्थामा सो प्रणालीबाट फेरि पछि हटेर अनुत्तीणर्लाई मौका दिनु विद्यमान ऐन विपरीतको काम भएको टिप्पणी गरे । उनले भने ‘पूर्व योजना बिना सन्किको भरमा यसबेला निणर्य गरियो । यो व्यवहारिक र कानुनसम्मत समेत होइन । यसले विद्यार्थीलाई मेहनत गरेर पढ्ने भन्दा पनि मौका छोप्ने परिपाटीको विकास गराउँछ ।’

Author

You may also like