मुख्य स्थानीय

दुर्घटनामा २० जना घाइते

०५ असार, कमल । झापाको कमल गाउँपालिका वडा नम्बर ४ चुलाचुली मोडस्थित पूर्वपश्चिम राजमार्गमा मंगलबार ट्रिपर र बस आपसमा ठोक्किदा २० जना घाइते भएका छन् ।

विहान सवा ७ बजेको समयमा झिलझिलेबाट दमकतर्फ जाँदै गरेको बा.३ ख २१६६ नम्बरको ट्रिपर र बिपरीत दिशा तर्फबाट आउँदै गरेको को. १ ख ५०८७ नम्बरको यात्रुबाहक बस आपसमा ठक्कर खाई दुर्घटना भएको हो । दुर्घटनामा बसका २० जना यात्रु घाईते भएका छन् । उनीहरुलाई उपचारको लागि दमकका विभिन्न अस्पतालमा भर्ना गरिएको छ ।

कमल ४ की ३८ वर्षीय विनु लिम्बू, दमक ५ का ४२ वर्षीय कलिन्द्र शेर्मालाई दमकको लाइफलाईन अस्पतालबाट थप उपचारका लागि बीएण्डसी हस्पिटल बिर्तामोड रेफर गरिएको छ । मोरङ मधुमल्ला ८ की कल्पना कटुवाल, उनका करिब ४ वर्षीय छोरा, पथरी शनिश्चरे १ की ४० वर्षीय पूर्णमाया पोखरेल, दमक ८ का ५१ वर्षीय होमबहादुर भट्टराई, सुनसरी इटहरी ५ की ३८ वर्षीय शारदा खड्काको दमक रिसर्च सेन्टरमा सामान्य उपचारपश्चात थप उपचारका लागि न्युरो अस्पताल विराटनगर रेफर गरिएको छ । त्यस्तै, दमक ५ का ४५ वर्षीय अच्युत निरौला, कमल ५ का ३८ वर्षीया लीला चौहानको दमक रिसर्च सेन्टरबाट न्युरो अस्पताल विराटनगर रेफर गरिएको जनाइएको छ ।

दमक १ का ३५ वर्षीय राजु कडरिया, गौरादह ४ का ३० वर्षीय दुर्गाबहादुर श्रेष्ठलाई दमक रिसर्च सेन्टरमा सामान्य उपचारपश्चात् थप उपचारका लागि दमककै निम्स अस्पताल रेफर गरिएको छ ।

उर्लाबारी ७ का ५० वर्षीय कृष्णकुमार तामाङ, दमक ८ का ६५ वर्षीय भरत ढकालको दमक रिसर्च सेन्टरमा र दमक १ की ४६ वर्षीया वविता राईको दमक अस्पतालमा उपचार गरिएको छ । दमक ४ की ३० वर्षीया भारती मगर, कमल ५ की ४० वर्षीया लक्ष्मी सुब्बा, बिर्तामोड ४ का २१ वर्षीय कर्णबहादुर राजबंशी, भोजपुर ट्याम्केमैयु गाउँपालिका ४ की ४५ वर्षीया चरित्र राई, पथरीशनिश्चरे १ का ६५ वर्षीय टंकप्रसाद चुडाल र उनकै छोरी १५ वर्षीया क्याटरिना चुडालको लाईफलाईन अस्पताल दमकमा उपचार भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले बताए ।

Author

You may also like