समाचार

अज्ञात रोगले मरे १८ बाख्रा र गाई

उदयपुरको त्रियुगा नगरपालिका-१० स्थित आदर्श टोलको हिमचुली कृषि फर्ममा फैलिएको अज्ञात रोगबाट पछिल्लो २४ घण्टाभित्रमा १८ वटा बाख्रा र एउटा गाई मरेको छ ।

स्थानीय किसान प्रेमबहादुर खड्काको फममा मङ्गलवार बिहानदेखि फैलिएको उक्त रोगबाट बुधवार बिहानसम्म १८ वटा माउ बाख्रा र एउटा जर्सी गाई मरेको र अन्य बाख्राहरू बिरामी रहेको उदयपुरको त्रियुगा नगरपालिका १० का वडाध्यक्ष किरण पाण्डेले बताए ।
लगातार पखाला लाग्ने, मुखमा फिँज आउने, आँखा भासिने , पेट फुल्ने लक्षण रहेको उक्त रोग के हो भन्ने यकिन हुन नसक्ता अहिलेसम्म गरिएको उपचार प्रयास असफल भएकोले ल्याब परीक्षणका लागि बाख्राको मल, मूत्र, र्‍याल आदिको नमुना सङ्कलन गरेर माथिल्लो निकायमा पठाइएको र थप प्राविधिक पनि बोलाएको पशु सेवा विकास कार्यालय उदयपुरका प्राविधिक अधिकृत विकास कार्कीले बताए ।

You may also like