समाचार

तातो खोलेमा डुबेर बालिकाको मृत्यु

दमक, पुस १८ गते /   झापामा तातो खोलेमा परेर गम्भीर घाइते एक बालिकाको उपचारको क्रममा मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका वडा नं. ५ का गोपाल टुडूका दुई वर्षीया छोरी सृष्टि टुडूकाको उपचारको क्रममा मृत्यु भएको हो ।

पाँच दिनअघि घरमै तातो खोलेमा परेको सुष्टिको आर्थिक अभावका कारणले समयमा उपचार हुन नसकेको बताइएको छ । स्थानीय स्तरमा उपचार सम्भव नभएपछि इजि हेल्थ केयर फाउण्डेशनको सहयोगमा बालिकाको थप उपचारका लागि काठमाडौंस्थित सुष्मा मेमोरियल अस्पतालमा भर्ना गरिएको थियो ।

बालिकालाई बचाउन हरसम्भवको प्रयास गरिए पनि बचाउन नसकिएको इजि हेल्थ केयर फाउण्डेशनका संरक्षक उज्ज्वलविक्रम थापाले बताए ।

झापा क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य समेत रहनुभएका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले जलन सम्बन्धित स्थानीय स्तरमा उपचार सम्भव नहुँदा बालिकाको मृत्यु भएको जानकारी दिए । बालिकाको उपचारका क्रममा मङ्गलबार मृत्यु भएको हो ।

You may also like