दमक, ४ पुस।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राजसंस्था, सर्वधर्म समभाव पूणर् धार्मिक स्वतन्त्रतासहितको वैदिक सनातन धर्म सापेक्ष हिन्दु राष्ट्र पुनः स्थापना र प्रदेशको खारेजीका लागि देशभर आन्दोलन गर्ने भएको छ ।
कोशी प्रदेशमा राप्रपा सरकारमा सहभागी हुनसक्ने चर्चा चल्दै आएको बेला केन्द्रीय समितिको निणर्य सार्वजनिक गर्दै राप्रपाले पार्टी सरकारमा नजाने र देशव्यापी आन्दोलन गर्ने घोषणा गरेको हो । पुस र माघमा आन्तरिक तयारी गरेर फागुनदेखि चरणबद्ध आन्दोलनमा जाने भन्ने भएको उल्लेख छ । फागुन महिनामा मेची महाकाली एकता यात्रा र उपत्यका केन्द्रित प्रदर्शन गर्ने निणर्य भएको पार्टीले जनाएको छ ।
पुस १ गतेदेखि बसेको केन्द्रीय समिति बैठकका निणर्य सार्वजनिक गर्दै राप्रपाले आन्दोलनका लागि समान विचार राख्ने दल, अभियान तथा धार्मिक सङ्घ, संगठन, उद्योगी, व्यवसायी, विभिन्न पेशाकर्मी, बुद्धिजीवी एवम् देशभित्र र बाहिर रहेका सम्पूणर् राष्ट्रवादी नेपालीलाई सहभागी हुन आग्रह गरेको छ ।
बैठकले अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा आन्दोलनको मूल समिति गठन गरेको छ । यस्तै संगठन विभाग प्रमुख डा. धवल शमशेर राणाको संयोजकत्वमा आन्दोलन परिचालन समिति, कोषाध्यक्ष निलकण्ठ काप्mलेको संयोजकत्वमा आर्थिक परिचालन समिति तथा प्रवक्ता मोहन कुमार श्रेष्ठको संयोजकत्वमा प्रचार प्रसार समिति गठन भएको छ ।
आवश्यक अनुसार अन्य समिति बनाउने बैठकले निणर्य गरेको छ ।
कोशीमा सरकारमा सहभागी हुनसक्ने चर्चा चल्दै आएको थियो भने संघमा पनि बेलाबेला सरकारमा सहभागिताको विषयमा छलफल हुने गरेको थियो । तर, राप्रपाभित्र सरकारको सहभागिताबारे दुई लाइन रहँदै आएको छ । अध्यक्ष लिङ्देन सरकारमा
राप्रपा…. सहभागिताको विषयमा लचिलो लाइनमा हुँदा महामन्त्री धवल शमशेर राणा भने आन्दोलनको पक्षमा रहँदै आएका छन् । यही दुई लाइन मतकाबीच राप्रपाले आन्दोलनमा जाने निणर्य गरेसँगै सरकारमा सहभागिताको च्याप्टर सकिएको नेताहरूको भनाइ छ । प्रदेश कमिटीहरुको समूहगत छलफलमा पनि आन्दोलनमा जाने पक्षमा बढी राय पेश भएको थियो । आइतबारदेखि सुरु बैठकमा प्रस्तुत समसामयिक राजनीतिक परिस्थितिको समीक्षा र भावी रणनीति, आन्दोलन सम्बन्धी कार्य योजना, आर्थिक प्रतिवेदन र सचिवालयको प्रतिवेदनमाथि सात वटै प्रदेशको छुट्टाछुट्टै समूह विभाजन गरी समूहगत छलफल भएको प्रवक्ता मोहन श्रेष्ठले बताए ।