मुख्य

वाणिज्य संघको भवन उद्घाटन्

गौरीगञ्ज।१२ मंसिर
झापा उद्योग वाणिज्य संघ गौरीगञ्ज शाखाको नव निर्मित भवनको सोमबार उद्घाटन् गरिएको छ ।
गौरीगञ्ज गाउँपालिका अध्यक्ष फुलवती राजवंशीले रिवन काटेर भवनको उद्घाटन गरेकी छन् ।
२०३४ सालमा स्थापना भएको झापा उद्योग वाणिज्य संघ गौरीगञ्जले स्थापनाको ४६ बर्षपछि बल्ल आफ्नो भवन बनाउन सफल भएको हो । भवन बनाउन ४० लाख ४४ हजारको लागत रहेको संघका अध्यक्ष मखना महतोले बताए । २०७५ साल चैत १० गते देखि बनाउन शुरु गरेको सो भवन २०७९ फागुनमा सम्पन्न भएको थियो ।
कार्यक्रममा जग्गादातालाई सम्मान तथा रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ ।
रक्तदान कार्यक्रममा १९ प्रिन्ट रगत सँकलन गरिएको कुरा संघका कार्यालय सचिव रोशन यादवले जनाएका छन् ।
सँघले भवन उद्घाटन कार्यक्रमको अबसर पारेर बिभिन्न क्षेत्रमा योगदान पुर्याउने ५ जना लाई सम्मान गरिएको छ । भवनका लागि निशुल्क जग्गा दान दिने केशव अग्रवाल, भवन निर्माणका लागि पहल गर्ने गौरीगञ्ज गाउँपालिकाका पूर्व अध्यक्ष बाबुराजा श्रेष्ठलाई सम्मान गरिएको छ । त्यसैगरि वडा नम्बर ३ का वडाध्यक्षका रुपमा निर्वाचित भएकोमा संघका सचिव श्रवण गिरीलाई पनि सम्मानित गरिएको छ । शान्ति सुरक्षामा खटिएका इलाका प्रहरी गौरीगञ्जका प्रहरी निरीक्षक अरविन्द साह र बजारको ट्राफिक ब्यवस्थापनमा खटिएका गौरीगञ्ज ट्राफिक इञ्चार्ज शाकर यादवलाइ समेत सम्मान गरिएको छ ।
प्रमुख अतिथि एवं गाउँपालिका अध्यक्ष राजवंशीले सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरेकी थिइन् । कार्यक्रमका वक्ताहरुले गौरीगञ्जको बजार र व्यापार व्यवसाय चलायमान बनाइराख्न गौरीगञ्ज छोटी भन्सारको पुनस्र्थापना र स्तरोन्नती अपरिहार्य रहेको बताएका थिए ।

Author

You may also like