मुख्य राजनीति

‘इमान र निष्ठालाई शीरमा राखेर अघि बढेको छु-’ खतिवडा 

उर्लाबारी, २५ असोज-
नेकपा एमाले कोशी प्रदेशका नवनिर्वाचित अध्यक्ष घनश्याम खतिवडाले इमान र निष्ठालाई जहिल्यै शीरमा राखेर अघि बढ्ने बताएका छन् ।
नेकपा एमाले मोरङ १ (१) प्रदेश निर्वाचन क्षेत्रीय समितिले उर्लाबारीमा आयोजना गरेको बधाई कार्यक्रममा उनले सो कुरा बताएका हुन् । आफ्नो साढे चार दशकको राजनीतिक जीवनमा गलत कार्य नगरेको बताउँदै उनले बाँकी राजनीतिक जीवन निष्ठाका साथ अघि बढाउने जनाए । उनले भने ‘म पार्टीभित्र व्यापार गर्न, पैसा कमाउन आएको होइन, सेवा गर्न आएको हुँ ।’ प्रजातान्त्रिक प्रक्रियाबाट आफू प्रदेश अध्यक्षमा निर्वाचित भएको बताउँदै उनले कसैलाई पक्षपात नगरी अघि बढ्ने बताए । पार्टीको नीति र नेतृत्वलाई सम्मान गर्दै अघि बढ्ने उनको भनाई थियो ।
कार्यक्रममा प्रमुख अतिथि नेकपा एमाले केन्द्रीय अनुशासन आयोगकी सदस्य लक्ष्मीदेवी भण्डारी, मोरङ क्षेत्र नं. १ का संयोजक पुष्प ढकाल, उर्लाबारी नगर कमिटी अध्यक्ष गंगाप्रसाद बास्तोला, मिक्लाजुङ गाउँ कमिटी सचिव नवीन कार्कीलगायतले मन्तव्य राखेका थिए ।

Author

You may also like