दमक, ११ असोज-
दमक ८ मा अवस्थित राष्ट्रिय बहुमुखी सहकारी संस्थाको नयाँ नेतृत्व निर्विरोध चयन भएको छ ।
संस्थाको २४ औं चुनावी साधारण सभा अन्तर्गत प्रकाशित निर्वाचन तालिका अनुसार आवश्यक संख्यामा मात्रै अन्तिम उम्मेदवारी कायम भएपछि बुधबार लक्षुदास (एलडी) राई अध्यक्ष सहितको समिति निर्विरोध निर्वाचित भएपछि उनीहरुको पदस्थापन गरिएको छ ।
निर्वाचन समितिका संयोजक पारसमणि आचार्यका अनुसार संस्थाको सञ्चालक समिति उपाध्यक्षमा कृष्ण गोले, सचिवमा दिपेनवाला राई, सहसचिव फुलसरी मगर र कोषाध्यक्षमा टंक दुलाल निर्विरोध निर्वाचित भएका छन् ।
त्यस्तै, सञ्चालक समिति सदस्यहरुमा यज्ञराज आङदेम्बे सुब्बा (बिष्णु), पारसमणि राई, पदमबहादुर तामाङ, हरिमाया कन्दङवा, राजेन्द्रकुमार लिम्बु र बासुदेव राई निर्वाचित भएका छन । त्यसैगरी संस्थाको लेखा समिति संयोजकमा सुरेन्द्र लिम्बू, यमुना भट्टराई र ज्ञानदिप राई चुनिएका छन् ।
संस्थाको बार्षिक साधारणसभामा सञ्चालक समिति र लेखा समितिको प्रतिवेदन प्रस्तुत हुनुका साथै संस्थाले बार्षिक रुपमा गर्दै आएका साधारणसभा अन्तर्गतका कार्यक्रमहरुलाई निरन्तरता दिइने जनाइएको छ ।