समाचार

ब्यापार नहुँदा व्यवसायी निरास

गौरादह/ हिन्दुहरुको महान चाड दशैं नजिकिँदा समेत ब्यापार व्यवसाय सोचेजस्तो नहँुदा ब्यापारीहरु निराश भएका छन् । चाडबाड नजिकिँदा खचाखच भिडभाडका साथ चल्ने पसलहरु आजभोलि सुनसान छन् । ब्यापारीहरु पसल खोलेर ग्राहक पर्खेर बसिरहेका हुन्छन् । ग्राहक भने एक दुई जना फाट्टफुट्ट रुपमा आउने गर्दछन् । केही वर्ष अगाडि पसलमा दुई तीन जनाले सामान दिन भ्याईनभ्याई हुने पसलहरुमा अहिले ग्राहक नआउँदा एकजना मात्र पसले बस्ने गरेका छन् ।

केही वर्ष पहिले चाडबाड आउनु ब्यापार नहु“दा व्यवसायी निरास दशैं नजिकि“दा पनि बजार सुनसान भन्दा एक महिना अगाडिदेखि बजारमा मानिसहरुको चहलपहल बढ्ने गरेको थियो । समाजका प्रतिष्ठित ब्यक्तिहरु गाउँ छोडेर सहर उन्मुख हुनु, अधिकांश जनमजदुर गर्ने ब्यक्तिहरु गाउँमा बस्नु र आर्थिक संकट लाग्नु जस्ता कारणले पनि ब्यापार घटेको हुने सक्ने ब्यापारीको भनाइ छ । बजारका दिन बजार क्षेत्रमा तरकारी बजारमा भने ग्राहकहरुको भिडभाड नै देखिन्छ । बजार लाग्ने दिन तरकारी बजारमा ग्राहकहरुको भिडभाड बढेपनि किराना, कपडा तथा अन्य पसल भने सहज अवस्थामा जस्तो चलेको पाइँदैन ।

पसलमा ग्राहकको उपस्थिति न्यून देखिँदा पसल सुनसान भएका हुन् । चाडबाड नजिकिँदा ब्यापारीहरुले व्यापार बढ्ने आशामा सामान स्टक गर्ने गरेका छन् । ग्राहकलाई चाहिने सामग्री अन्य समयको तुलनामा ब्यापारीहरुले बढी राख्ने गरेका छन् । ग्राहकहरु पसलमा सामान खरिद गर्न नआउँदा भने निराश भएका देखिन्छन् । झापा जिल्लाको दक्षिण पश्चिम क्षेत्रमा रहेका ठूला बजारहरु गौरादह, गौरीगंज, ग्वालडुब्बा लगायतका बजारमा रहेका पसलहरुमा खासै भिडभाड देखिँदैन ।

चाडबाडमा बढी बिक्री हुने आशामा पसलमा राखिएका सामान मुसालाई ठिक्क हुने भएको ब्यापारीको भनाइ छ । कतिपय अवस्थामा मुसाले खाइदिएर नष्ट गरेको पाइन्छ । बजारमा सामान केही सस्तो मूल्यमा पाइने भएकाले ग्राहकहरु भारतीय बजारमा सामान खरिद गर्न जाँदा नेपाली बजारमा ब्यापार घटेको गौरादह -७ ग्वालडुब्बा बजार ब्यबस्थापन समितिका पूर्वअध्यक्ष समेत रहेका ब्यापारी राजकुमार अधिकारी बताउँछन् । सामान खरिद गर्न आउने ब्यक्तिहरु पनि पैसा नबोकी आएर बाँकीमा सामान लाने गरेको अधिकारीको गुनासो छ । सामान बाँकी लिएर पैसा नदिँदा कम्पनी तथा साहुलाई दिने पैसा नहुँदा ब्यापारीले नै पसल छोडेर भाग्ने अवस्था नआउला भनेर भन्न निसकिने अवस्था छ ।

चाडबाड नआउँदा पनि भिडभाडका साथ चलिरहेका पसलहरु चार्डपर्व आउँदा समेत सोचे जस्तो ग्राहक नआउने गरेकाले ब्यापारबाट समेत उपलब्धी नभएको गौरादह डिपु चौकका किराना पसले भिम कोइराला बताउँछन् । किरना पसल मात्र नभएर कपडा, फेन्सि, हार्डवेयर लगायतका पसल पनि सुनसान जस्तै भएका छन् । विगतका वर्षहरुमा जस्तो व्यवसाय नहँुदा ब्यापारबाट पलायन हुने अवस्था आएको गौरादहमा लामो समयदेखि फेन्सी व्यवसाय गर्दै आएका मोहन कोइराला प्रष्ट पार्छन् ।

 

Author

You may also like