लेख विचार/वहस

महाधिवेशनको संघारमा काँग्रेस

 ====  नेतृत्वले समाजमा सहि नेतृत्व दिन सकेन भने समाजको अग्रगमनमा अवरोध पैदा हुन जाने खतरा बढ्न सक्दछ । नयाँ संविधानमार्फत् नेपाली जनताको भाग्य र भविष्य निर्माणको कठिन मोडमा हाम्रो राजनीति गुज्रिएको छ । केहि समय अघिसम्म कुनै पनि राजनीतिक व्यक्ति वा समूहले देख्न नसकेको स्थिति आज वास्तविक रुपमा हाम्रा सामु पहाडझैं थुप्रिएका छन् । राजनीतिमा हुने भद्र सहमति तोडेको, राज्यका महत्वपूर्ण पदमा ठूलो दलको हैसियतले प्राप्त गर्ने अधिकार गुमाएको, सभापतिको पदमा पुनः उम्मेदवार बनेर अदूरदर्शी निर्णय गरेको देउवा माथि आरोप छ ==== 

 कुमार कटुवाल

नेपालको प्रजातान्त्रिक आन्दोलन होस् या पछिल्लो संघीय संरचनालाई मजवुत बनाउने तत्कालिन अवस्थामा सबैभन्दा ठूलो दलको हैसियत प्राप्त प्रमुख दल यतिबेला राष्ट्रिय महाधिवेशनको चटारोमा जेटेको छ । गाउँ वडा नगर हुँदै क्षेत्र देखि जिल्ला प्रदेश अनि केन्द्रीय नेतृत्व हत्याउने कसरतमा प्रमुख बहुप्यानल अगाडी सरेको प्रष्ट देखिन्छ । संस्थापन पक्ष मानिने कोइराला परिवारका सदस्य र छत्तिसे भनेर विगतमा नाम कमाएका देउवा समूहको दुई प्यानल बीच अनि पौडेल समूह पनि सबै ठाउँमा कडा प्रतिष्पर्धा भएको देखिन्छ । लामो समयसम्म टिका लगाएको अनि अरुको छत्र छायाँबाट आशीर्वाद थापेर नेतृत्व चयन गर्ने परम्परालाई तोडेर प्रतिष्पर्धा र आपसी मित्रहरुको मन जितेर कामको प्रभाव देखाएर नेतृत्वमा पुग्नु पर्ने अत्यन्त प्रजातान्त्रिक अभ्यास काँग्रेसले शुरु गरेको छ । कुनै पनि दल नीति, विचार र सिद्धान्तबाट संचालित हुन जान्छ तर दलहरुमा यति बेला नीतिगत र विचारबाट भन्दा पनि व्यक्ति रिझाउने प्रवृत्तिले गर्दा सबै दलहरुमा गलत परम्पराको विकास मौलाउन थालेको पाइन्छ । कोइराला परिवारको विरासतका रुपमा संस्थापन पक्षलाई लिने गरेपनि पछिल्लो समयमा प्रधानमन्त्री शेरबहादुर देउवा पुनः सभापति पदका लागि देउवाको उम्मेदवारी उठ्ने घोषणा भइसकेको छ । महत्वपूर्ण पदमा आफ्नो दलले प्राप्त गर्ने अधिकारबाट दललाई पछाडी पनि मुख्य जिम्मेवार पार्टी सभापतिकै हैसियतले उनका कमजोरीका प्रमुख विषय हुन् भनेर आलोचकहरुले आलोचना गर्ने गर्दछन् । अडिग छविका नेताका रुपमा चिनिने देउवा पुनः नेतृत्वमा नै रहिरहने इच्छाले अन्य नेताहरुको पार्टी सभापति बन्ने सपना पनि अधुरो नै रहने त होइन भनेर एकथरी नेता तथा कार्यकर्ताहरुको आशा रहिआएको देखिन्छ । यतिबेला काँग्रेस सरकारमा आसिन छ र सरकारमा रहेर समयको सहि बेला समयको सदुपयोग गर्दै आफ्नो राष्ट्रिय महाधिवेशनको संघारमा होमिएको छ ।

नयाँ कार्यक्रम तय गर्ने संविधान कार्यान्वयन गर्ने तर्फ सबै प्रमुख राजनीतिक शक्तिहरु एकजुट हुने बेला भएको छ अहिले । मधेशी दलहरुको निहित स्वार्थका कारण मुलुक आर्थिक रुपमा जर्जर हुने अवस्थामा पुगेको छ । हामी सबैजसो व्यक्ति संघीय संरचनाको ढाँचाको नयाँ राजनीतिक प्रणालीको अभ्यासमा लाग्ने अवस्थाको शुरु अवस्थामा छ । बहुलता सँगै हिजो परिचित भैसकेकाहरुसँग पनि संघीयताको सन्दर्भ र अनुभवहरु नयाँ छन् । किनभने हिजोको हाम्रो आवश्यकता र आकांक्षा भिन्दै थियो । आजका आवश्यकता र आकांक्षा पनि भिन्दै छन् । हामी सँग वर्षदेखि समाधान हुन नसकेका पुराना समस्या पनि छन् । थुप्रै नयाँ समस्याहरु पनि त्यतिकै थपिएका छन् । विज्ञान र प्रविधिका क्षेत्रमा आएको व्यापक विकास र ठूलो परिवर्तनले गर्दा आजको मान्छेको जीवनका हरेक क्षेत्रमा कुशल व्यवस्थापन र दक्षताको खोजी गरेका छन् । हिजोका दिनमा अनेकौँ अव्यवस्था र कुनीतिको जाँतोमा पिसिएको हाम्रो समाज मुलुकको राजनीतिमा आएको लोकतान्त्रिक परिवर्तन पछि थुप्र्रै आकांक्षा बोकेर बसेको छ । समाजको यस अवस्थालाई प्रत्यक्ष राजनीतिक दल र तिनका कार्यकर्ताले राम्रो सँग बुझ्नु जरुरी छ । त्यसमा पनि इतिहास निर्माणको महात्वपूर्ण घडीमा राष्ट्रको नेतृत्व गर्दै आएको प्रमुख राजनीतिक शक्तिमा पनि जनताको ठूलो आशा रहेको पाइन्छ ।

नेतृत्वले समाजमा सहि नेतृत्व दिन सकेन भने समाजको अग्रगमनमा अवरोध पैदा हुन जाने खतरा बढ्न सक्दछ । नयाँ संविधानमार्फत् नेपाली जनताको भाग्य र भविष्य निर्माणको कठिन मोडमा हाम्रो राजनीति गुज्रिएको छ । केहि समय अघिसम्म कुनै पनि राजनीतिक व्यक्ति वा समूहले देख्न नसकेको स्थिति आज वास्तविक रुपमा हाम्रा सामु पहाडझैं थुप्रिएका छन् । राजनीतिमा हुने भद्र सहमति तोडेको, राज्यका महत्वपूर्ण पदमा ठूलो दलको हैसियतले प्राप्त गर्ने अधिकार गुमाएको, सभापतिको पदमा पुनः उम्मेदवार बनेर अदूरदर्शी निर्णय गरेको देउवा माथि आरोप छ भने विगतमा ठूलो सरकार २०५२ सालमा बनाएको, सांसद किनबेच देखि देउवाको पालामा पजेरो प्राडो अनि सुरा सुन्दरीको गलत संस्कार राजनीतिमा भित्र्याएको भन्ने देउवालाई आरोप छ । यसरी हेर्दा अबको नेतृत्व तेस्रो पुस्तामा गएमा मात्र काँग्रेसको कल्याण छ । जब जब मुलुकमा संक्रमणकालीन अवस्थाबाट गुज्रँदै गएको पाइन्छ । देशमा तथा कथित लोकतान्त्रिक शक्ति भन्नेहरु विभिन्न बहानामा बास्तविक शक्तिहरु माथि आक्रमणका प्रयासहरु गरिरहने चेष्टा गर्दछन् त्यसबेला पुरानो ठूलो दलको हैसियतले काँग्रेसले नै प्रभावकारी भूमिका खेल्नु पर्ने हुन्छ । एक अर्थमा जति संकटपूर्ण लोकतान्त्रिक बाटो हुन्छ, अर्काे अर्थमा त्यतिनै सहज तथा सुगम पनि हुने गर्दछ । विचार र आचारणको सही अनुशरण एवं अनुशासनको परिकल्पना जुन प्रचलित संविधान, ऐन, कानुनको अनुगमनमा परिलक्षित हुन्छ । यस्ता नैतिक साधनहरु हुन्, जसले प्रजातन्त्रको पक्षलाई सरल तथा सुलभ तुल्याउँछ । संसारमा कतिपय राजनीतिकर्मीहरु देखाएर जो कहिल्यै असल भएर पनि दुर्भाग्यवश कमसल बेशी थिए ।

आज मुलुकमा समताको कुरा सबै पार्टीका नेताले जोडले उठाइरहेका छन् । समाज र राष्ट्रमा समानताको शुरुआत गर्दा प्रथमतः नेताहरुको घरबाट सुरु हुन आवश्यक हुन्छ । ५० वर्षदेखि राजनीति गर्ने समाजका लागि संघर्ष गर्ने समाजवादी बन्न सक्दैनन् तर नयाँ कार्यकर्ताहरु कसरी सही बाटोमा हिंड्न सक्छन् होला ? चुनावी प्रतिष्पर्धाबाट नेतृत्वमा पुग्न पर्ने काँग्रेस लोकतन्त्रको नवीन उदाहरण हुन सक्दछ तर प्रजातान्त्रिक समाजवादको आफ्नो मार्गलाई त्यागेर व्यक्तिगत स्वार्थका लागि गुटगत भेला अनि पक्ष विपक्षमा प्यानल बनाएर अगाडि बढ्ने जुन परिपाटी चलेको छ त्यो भने पक्कै पनि सकारात्मक होइन ।

सिङ्गो पार्टीको भलाईका लागि समर्पण र समय अनुकुलको नयाँ नेतृत्वमा बेलाबेलामा आउने परिवर्तनबाट मात्रै नविन सोच विचारको अवधारणले गर्दा पार्टीमा संजीवनी पैदा हुन गइ नयाँ संचारको विकास हुन गई पार्टी पद्धति र सिद्धान्तलाई समय अनुकुल परिवर्तन गर्न सकिन्छ । नयाँ अवसरबाट भावी पीँढिहरुका लागि पनि अवसर प्राप्त हुने आशा जागी कार्यक्षेत्रमा जोशजाँगर पैदा गराउन मद्दत गर्दछ ।

लामो समय सम्म पुरानो नेतृत्वलाई नै निरन्तरता दिँदै जाने हो भने नयाँ नेतृत्वले अवसर प्राप्त गर्न नसक्ने हुँदा पुनः नेतृत्व वर्गमा पुरानै कार्यशैलीको बेलावाला हुन गई नयाँ पुस्ताले अवसरबाट बञ्चित हुन गइ निराशावादी सोचको सिर्जना हुने सम्भावना बढेर जाने हुन सक्दछ । तसर्थ आसन्न महाधिवेशनमा काँग्रेसले सहि ढंगले नयाँ सक्षम कुशल नेतृत्वको चयन गर्न सकोस् । यहि नै छ सबैको कामना ।

 

Author

You may also like