फिल्मी खबर समाचार

कलाकार सुरवीर पण्डितलाई पितृशोक

२४ कार्तिक, काठमाडौं / कलाकार सुरवीर पण्डित ‘दाह्री बा’लाई पितृ शोक परेको छ । उनका ७८ वर्षे पिता लोकबहादुर पण्डितको बुधबार दिउँसो निधन भएको हो ।

सुरवीरका भाई माधवका अनुसार लोकबहादुर केही वर्ष यता दमको रोगबाट पीडित थिए । उनको ह्याम्स अस्पतालमा उपचाररत अवस्थामा निधन भएको हो ।

लोकबहादुरको बुधबार साँझ पशुपति आर्यघाटमा दाहसंस्कार गरिने परिवारले जनाएका छन् ।

Author

You may also like