पर्यटन

नेपालको पहिलो भ्लग च्यालेन्जबाट ११ प्रतिस्पर्धी छनाेट

नेपालको पहिलो भ्लग च्यालेन्ज, नेपाल भ्लग च्यालेन्जले ८७ प्रतिस्पर्धीहरु मध्यबाट ११ प्रतिस्पर्धी छनाेट गरी उनिहरूकाे नाम सार्वजनिक गरेकाे छ ।
निर्णयक मन्डलीमा रहेका फिल्ममेकर निस्चल बस्नेत, सिसन बानिया, रोहित शाक्य तथा मिलन थापालेकाे छनाेटमा परेका ती प्रस्तिस्पर्धीहरुकाे काठमाडौंको दरबारमार्गमा आयोजित एक कार्यक्रममा नाम सार्वजनिक गरिएकाे थियाे ।
आयोजक प्रतिनिधि राहन बज्रचार्यका अनुसार १० लाख नगद पुरस्कार रहेको उक्त प्रतिस्पर्धाका लागी देश भरीबाट आएका ८७ प्रतिस्पर्धीहरु मध्ये २७ जनाले सेमी फाइनल पुग्न सफल भएका थिए ।
कार्यक्रमका आयोजक १८ बर्ष पुरानो इभेन्ट म्यानेजमेन्ट कम्पनी पार्टी नेपालले जारी सुचना अनुसार लोकप्रिय भ्लगर प्रज्वल थापा मगर (झोले), भारतमा समेत प्रसिद्ध फिल्ममेकर निशान भुजेल देखी ट्राभल भ्लगर नीशा खालिङ राई , रोशन महर्जन, आयुश्मान घर्ति मगर, विश्वाश राई, आशुतोष बाराही, आत्मिय बराल, रेतिश गैन्जु, सुजन गौतम तथा समीर ताम्राकार रहेका छन।
यो भ्लग च्यालेन्जले देशभरिका आशा लाग्दा फिल्म्मेकर तथा भ्लगर हरुलाई नेपाली तथा बिदेशी भ्लगर तथा फिल्ममेकर सँग जोड्न ठुलो भूमिका खेल्नेछ साथै यस् प्रतियोगिताका बिजयिले बिभिन्न देशबाट सगरमाथा आधार शिबिर सम्मको शाहसिक पदयात्रा को लागि लाखौं फलोवर्स भएका भ्लगर हरु सँग नेपाल को प्रतिनिधित्व गर्न पाउने छ ।

Author

You may also like