दमक/दमक जेसीजको ४० औं वार्षिकोत्सव एक समारोहका बीच मंगलबार सम्पन्न भएको छ । दमक जेसीजका अध्यक्ष सुयोग खरेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सभा सदस्य अर्जुन राईको प्रमुख आतिथ्य रहेको थियो । सो अवसरमा संविधानसभा सदस्य दीपक कार्की, नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष प्रकाश अधिकारी, दमक जेसीज वोर्ड अफ ट्रष्टिजका अध्यक्ष लोकबहादुर अधिकारी, दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठले शुभकामना मन्तव्य राख्नुका साथै कार्यक्रम संयोजक तथा दमक जेसीजका कोषाध्यक्ष सन्दीप बस्नेतले स्वागत मन्तव्य राखेका थिए । यस अघि मनोविद् डा. सुशील कँडेलसँग ‘आफ्ना लागि आफ्ना कुरा’ मनोविज्ञानको अवधारणाबाट छलफल भएको थियो । कार्यक्रम सञ्चालन पूर्व अध्यक्ष गोविन्दराज कट्टेलले गरेका थिए ।