समाचार

आम्दा अस्पताललाई अक्सिजन सिलिण्डर

दमक/प्रदेश सरकारले आम्दा अस्पताल दमकलाई ५० थान अक्सिजन सिलिन्डर उपलब्ध गराएको हो । निकै कष्टका साथ अक्सिजन अभाव हुन नदिएको अस्पताललाई ५० वटा सिलिण्डरले धेरै सहज गराएको प्रशासनका सुमन नेपाललले बताएका छन् । उनले अस्पतालमा भएका ७० वटा सिलिण्डरले कहिले काही एक दिन पनि धान्न नसक्ता, २ पटकसम्म इटहरीमा लगेर अक्सिजन भनेर विरनाी परेमने पनि सुनाए ।
सांसद अर्जुन राईको विशेष पहलबाट १ नं. प्रदेशबाट अक्सिजन सिलिण्डर उपलब्ध गराइएकोमा एक अनौपचारिक कार्यक्रममार्फत् सांसद राई तथा प्रदेश सरकारलाई धन्यवाद दिंदै अस्पतालका सुपरिटुन्डेन डा. प्रकाश शर्र्मा र चिफ कन्सल्टेण्ड डा. नविन ढकालले अस्पातलका समस्यामा आगामी दिनमा पनि सहयोग मिल्ने आशा गरेका छन् ।
सो अस्पतालमा संसाद राईले आम्दा अस्पतालले गरेका कार्यहरुको प्रशंसा गर्दै सहयोगलाई सही सदुपयोग गर्न सुझाव समेत दिएका छन् । व्यवस्थापन समितिका सदस्य एवम् रेनेसो दमकका सभापति प्रकाश बुढाथोकीले पनि अक्सिजन अभावलाई कम गर्न सांसद राईको पहलप्रति धन्यवाद दिएका छन् ।
आम्दा अस्पतालमा १०० वटा बेड रहेकोमा ४० वटा कोभिडलाई छुट्याइएको छ । प्रायः खाली हिुने गरेको छैन ।
वैशाख १ गतेदेखि श्रावणको दोस्रो हप्ता सम्मको तथ्यांकलाई हेर्ने हो भने २७३ जना निको भएर गइसकेका छन् भन्ने २६ जनाको मृत्यु भएको छ ।

You may also like