दमक/ दमक उद्योग वाणिज्य संघको अगुवाईमा संचालन गरिएको कोरोना महामारी नियन्त्रण अभियानले अत्याधुनिक भेण्टिलेटर सहितका बिभिन्न स्वास्थ्य उपकरणहरु ल्याएको छ । दमक उवासंघका पूर्वअध्यक्ष प्रकाश प्रसाइकाे नेतृत्वमा गठन गरिएको अभियानले लायन्स क्लब संगको सहकार्यमा ४१ लाख रुपैयाँभन्दा बढी रकमका स्वास्थ्य उपकरणहरु दमक ल्याइपु¥याएको जानकारी गराएको छ ।
कार्यक्रममा अभियानका संयोजक प्रसाईंले दमकमा कोरोनाको महामारी नियन्त्रणका लागि निजी क्षेत्रको तर्पmबाट पनि सहयोग पुगोस् भनेर बिभिन्न व्यक्ति तथा संस्थाहरुको सहयोगसंगै लायन्स क्लबसंगको सहकार्यमा ४१ लाख ७५ हजार रुपैयाँ मूल्य बराबरका स्वास्थ्य सामाग्रीहरु ल्याइएको जानकारी दिए । ति सामग्रीहरुमा सी प्याप मास्क, नन इन्भेष्टिभ भेन्टिलेटर, कन्सन्ट्रेटर मेसिन लगायतका उपकरणहरु रहेको उनले जानकारी गराए । कार्यक्रममा लायन्स लिडर अजय अग्रवालले लायन्स क्लब इन्टरनेशनल फाउण्डेसनमार्पmत् महामारी नियन्त्रणका लागि सहकार्य गरिएको दिए । स्वास्थ्य सामग्री खरिदका लागि उद्योग वाणिज्य संघ दमकको कोषबाट ७ लाख ७७ हजार रुपैयाँ उपलब्ध गराइएको र ८ लाख २६ हजार रुपैयाँ बिभिन्न व्यक्ति तथा संस्थाहरुबाट उठाइएको बताइएको छ । बाँकी रकम लायन्स क्लबको तर्पmबाट आएको वाणिज्य संघ दमकका अध्यक्ष गोकुल श्रेष्ठले जानकारी दिए । ल्याइएका स्वास्थ्य उपकरण र सामग्रीहरु भोलि शुक्रबार दमक नगरपालिकालाई हस्तान्तरण गरिने कार्यक्रम रहेको अध्यक्ष श्रेष्ठले बताए । अभियानलाई सुवासचन्द्र भट्टराईले ५५ हजार रुपैयाँ, अभियानका संयोजक प्रकाश प्रसाई, उद्योग बाणिज्य संघ दमक अध्यक्ष गोकुल श्रेष्ठ, शिवकुमार अधिकारी, सत्यनारायण चौधरी, फौदबहादुर गहतराज, अरुण भण्डारी, भगवान बस्नेत, गनबहादुर अधिकारी र दर्पण सहकारी संस्थाले ५१÷५१ हजार रुपैयाँ, कुमारी बैंकले ५० हजार रुपैयाँ, उद्योग वाणिज्य संघ दमकका द्वितीय उपाध्यक्ष राजकुमार योङ्या र टिकाराम खतिवडाले ३१÷३१ हजार रुपैयाँ, युवराज खनाल, दमक किचन गुड्स, भरत चम्लागाईं, हरि बिमली, नविन कुमार अग्रवाल, अजय अग्रवाल, सुजता इन्टरप्राईजेज र ओम सतासी सहकारीले २५÷२५ हजार रुपैयाँ उपलब्ध गराएको दमक उवासंघका अध्यक्ष गोकुल श्रेष्ठले बताए ।
